भारतमा मास्क नलाउनेलाई घिसार्न थाले पुलिसले (भिडियो) « janaaasthanews
१८ मंसिर २०७७, बिहीबार

भारतमा मास्क नलाउनेलाई घिसार्न थाले पुलिसले (भिडियो)



नरेन्द्र मोदीले मुख्यमन्त्री चलाएको भारत गुजरात राज्यको राजधानी अहमदाबादमा कोभिड–१९ को रोकथाम र नियन्त्रणको लागि शुक्रबार राती ९ बजेदेखि सोमबार बिहान ६ बजेसम्म लागू हुनेगरी ६० घण्टा लामो कडा कर्फ्युको घोषणा गरिएको छ । यसअघि पनि लामो समयदेखि शहरमा दैनिक राती ९ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म कर्फ्यु लगाइएको थियो । 

कर्फ्यूको समयमा दूध र औषधी पसल मात्र खुल्ला हुने जनाइएको छ । सोमबार रातिदेखि पनि विगतमा झैं पुनः राती ९ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म लाग्दै आएको कर्फ्यु जारी रहने बताइएको छ । गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह राज्य हो । यसअघि उनी त्यहिँको मुख्यमन्त्री थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

दलित बीचमै दलन
कम्युनिष्टको झगडा र कांग्रेसको रणनीति
नेकपा लिग अफ नेशन्सको बाटोमा पुग्न लागेकै हो ?
ओली आउने भनेर गएका, राजावादीले समेत जोरी खोजेका