काठमाण्डौमा विप्लव माओवादी केन्द्रित « janaaasthanews
१४ मंसिर २०७७, आईतवार

काठमाण्डौमा विप्लव माओवादी केन्द्रित



नेकपा माओवादी (विप्लव) ले राजधानी काठमाडौंमा आफ्नो गतिबिधि बढाएको छ । आज बिहान सबैरै टोखा नगरपालिका–३,भूतखेलस्थित मालपोत कार्यालयको पर्खालमा पर्सि आठ गते नेपाल कम्युनिष्ट पार्टीको ७ औं पुनर्गठन दिवस मनाउन आह्वान गर्दै अखिल क्रान्तिकारीले ब्यानर टाँगेको हो ।

विप्लवले राष्ट्रघात,दलालतन्त्र र भ्रष्टाचारबिरुद्ध एकजुट हुन र एकीकृत जनक्रान्तिमार्फत् वैज्ञानिक समाजवाद स्थापनाको लागिसमेत आह्वान गरेको छ ।

मृगेन्द्र न्यौपानेको कोटेश्वर महादेवस्थान,सहयोगी नगर,घर नम्बर १ सय ५ को कोठाबाट निजसहित हंसराज सैजुवाल र रमेश ओलीलाई प्रहरीले पक्राउ गरेको छ ।

यता,हिजो बिहान उक्त समूहनिकट विद्यार्थी संगठनको पशुपति क्याम्पस,चाबहिल इकाई कमिटी सचिव मृगेन्द्र न्यौपानेको कोटेश्वर महादेवस्थान, सहयोगी नगर, घर नम्बर १ सय ५ को कोठाबाट निजसहित हंसराज सैजुवाल र रमेश ओलीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका तीनैजनालाई नेपाल प्रहरीको बानेश्वर वृत्तमा राखिएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रताप हराएका प्रतापीहरू
उपत्यकामा कहिले सुरु हुन्छ पठनपाठन ?
द्वन्द्वकालीन घाइतेको सरकारले निःशुल्क उपचार गर्ने
बैठकवारे वामदेव