यसरी तय भयो बैठकहरुको लहर « janaaasthanews
१४ मंसिर २०७७, आईतवार

यसरी तय भयो बैठकहरुको लहर



बुधबार दिउँसो १ बजे बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले तुलनात्मक रूपमा शान्त र मिजासिलो पारासँग आफ्नो धारणा राख्नुभयो । एकछिन अघिसम्म उपस्थित नहुने र क्याबिनेट बैठकबाट महत्वपूर्ण निर्णय गराउन तयार रहनुभएको भनिएका प्रधानमन्त्रीले आगामी सचिवालय बैठकमा आफूले पनि प्रस्ताव पेश गर्ने बताउनु निश्चय नै नेकपा बृत्तको निम्ति खुशीको खबर थियो ।

प्रत्युत्तरमा अन्य सदस्यहरूले उहाँकै लवजमा नरम तवरले बोल्दै ‘तपाईंले पनि प्रस्ताव ल्याउने हो,ठीक छ,कति समय चाहिन्छ, बरु लिनुस्’ समेत भनेका थिए । त्यसपछि बैठकको तिथि र मिति तोक्नको लागि एकछिन छलफल भयो । शुरुमै प्रधानमन्त्रीले आफूलाई प्रस्ताव ल्याउन कम्तिमा १० दिन लाग्छ भनेपछि सोझै १३ गते अर्को बैठक बोलाउने कुरो जग जाहेर भएपर प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘ल त्यसोभए १३ गतेलाई बोलाऔं न त’ भन्नुभएको बताइन्छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रताप हराएका प्रतापीहरू
उपत्यकामा कहिले सुरु हुन्छ पठनपाठन ?
द्वन्द्वकालीन घाइतेको सरकारले निःशुल्क उपचार गर्ने
बैठकवारे वामदेव