चीनमा पनि कोरोनाको ओखती « Jana Aastha News Online
Logo
११ माघ २०७८, मंगलवार
|  Tue Jan 25 2022
Logo
११ माघ २०७८, मंगलवार
|  Tue Jan 25 2022

चीनमा पनि कोरोनाको ओखती

प्रकाशित मिति :  ३ मंसिर २०७७, बुधबार १७:२५


अमेरिकाका दुईवटा कम्पनीपछि चीनले कोरोना भाइरसको सुरक्षित खोप परीक्षणमा सफलता प्राप्त गरेको बताएको छ । बीबीसीका अनुसार हाल चीनमा भएका कैयौं चरणका परीक्षणहरूमा सफलताको नजिक पुगेको खबर बाहिरिएको हो । चीनको सिनोभ्याक बायोटेकले तयार पारेको खोपले झण्डै सात सय जनामा गरिएको परीक्षणबाट रोग प्रतिरोधात्मक क्षमता तत्काल देखाएको थियो ।

कोभिड–१९ बिरुद्ध धेरैवटा खोपको विकास भइरहे पनि हालसम्म चारवटा खोप मात्र चिकित्सकीय परीक्षणको अन्तिम चरणमा प्रवेश गरेका छन् । त्यसमध्ये एउटा सीनोभ्याक बायोटेकको खोप पनि हो । सबैभन्दा पहिले चीनमा देखिएको कोरोना महामारी एक हदसम्म नियन्त्रणमा आएको छ । चिनियाँ खोपको परीक्षण पाकिस्तान,साउदी अरेबिया,रुस,इन्डोनेशिया र ब्राजिलका धेरै जनामा गरिएको छ ।

आपत्कालीन योजनाअनुसार अत्यावश्यक र फ्रन्ट लाइनमा खटिएका कर्मचारीहरूलाई उक्त खोप लगाइएको छ । चिनियाँ सेनाका लागि भने जुन महिनामा नै प्रयोग गर्न अनुमति दिइएको थियो ।


प्रतिक्रिया दिनुहोस !