दश दिनलाई नेकपाको युध्दविराम

दश दिनलाई नेकपाको युध्दविराम

दश दिनपछि फेरि बस्नेगरी आजको नेकपा सचिवालय बैठक सकिएको छ । तनाव र तानातानका वीच द्वन्द्वरत दुबै पक्षको उपस्थितिमा प्रधानमन्त्री निवासमै बैठक बसेको हो ।

यसपछि हुने क्याबिनेट बैठकको निम्ति मन्त्रीहरू अघि नै देखि बालुवाटारमा जुटेका छन् । बैठक बस्ने कि नबस्ने भन्ने विवादलाई निप्टारा गर्दै दुबै खेमा एक ठाउँ बस्न तयार भएकोले तत्काल पार्टी फुट्ने आशंका टरेको छ ।

नेकपाको बैठक सवा एक बजेबाट शुरु भई पौने तीन बजेसम्म बसेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सचिवालयमा राजनीतिक प्रतिवेदन पेश गरेपश्चात् सबैउपर छलफल गर्ने गरी अर्को बैठक मंसिर १३ गते बस्ने छ । आजको बैठकले स्थायी समिति बैठक १८ गते बस्ने र १५ गते बस्ने भनिएको केन्द्रीय समितिको  बैठक मंसिर २५ गतेसम्मलाई सार्ने निर्णय गरेको छ ।

टिप्पणीहरू