खाँचो छ दैनिक गुजाराको, पैसा आउँछ त्रैमासिक

खाँचो छ दैनिक गुजाराको, पैसा आउँछ त्रैमासिक

अहिले कोभिड– १९ को संक्रमण ‘पेन्डामिक’ भइसकेको छ । ‘पेन्डामिक’, अर्थात् संक्रामक रोगको विश्वव्यापी फैलावट भएको अवस्थामा सर्वसाधारणको सम्पूर्ण उपचार गर्ने दायित्व सम्बन्धित राष्ट्रको हुन्छ, जनतालाई आफैँ उपचार गर भन्न पाइँदैन । तर, अरु कुरामा ध्यान चर्को, यस्ता कुरा सुन्दैमा झर्को लाग्ने अवस्था छ !

संसारका सबै मुलुकले कोभिडबाट जनतालाई बचाउन र संक्रमितहरुको उपचार गर्न अलग–अलग कोष खडा गरेका छन् । तर, हाम्रोमा भएको सेवा र सुविधा पनि ठप्प छ । विदेशतिरको उदाहरण हेर्ने हो भने, जापान, बेलायत, अमेरिकाजस्ता देशले नागरिकको बैंक खातामा पैसा हालेर उत्तरदायित्व प्रदर्शन गरेका छन् । जापानले प्रतिव्यक्ति हजार डलर, अमेरिकाले १२ सय डर हालिदिए । यीबाहेक विश्वका अधिकांश साना–ठूला देशले जनतालाई प्रत्यक्ष राहत र आर्थिक योगदान दिँदै आएका छन् । तर, हामीकहाँ उल्टै लकडाउन भएकै बेला पनि जनतालाई कर तिर्न निर्देशन दिइन्छ ।

अमेरिकी सरकारले कूल अर्थतन्त्रको दुई तिहाई रकम सामाजिक काममा खर्च गर्छ । तर, हाम्रोमा दुई तिहाई रकम पूर्वाधारमा खर्च हुन्छ, जसको परिणाम आउनै मुस्किल छ । पुँजि निर्माण नहुने, तत्काल खर्च भएर जाने काममा ध्यान जाने कुराले नेपालको अर्थतन्त्र धराशायी हुँदै गएको प्रष्टै छ । यस्तो हुँदा मुठ्ठीभर मान्छेले पैसा पाउँछन् । यतिसम्मकि राहत, भत्ताजस्ता शीर्षकका रकम चार र ६ महिनामा एकचोटि जान्छन् । परेको बेला हैन, टरेपछिको उपचारजस्तो भइरहेको छ, बृद्ध, विधवा र एकल महिला भत्तासहितका विभिन्न सामाजिक सुरक्षा भत्ताको स्थिति । खाँचो छ दिनहुँ गर्जो टार्ने कुरको तर भत्ता पठाइन्छ ३÷४ महिनाको एकचोटी । त्यसमाथि राज्यको सामथ्र्य भएको ठाउँमा पनि सेवा प्रवाह गरिएन । बरु, मुगु गएको चामल भक्तपुरमा बिक्रि भयो । सार्वजनिक खरिदको काममा प्रशासन प्रभावकारी भएन । कारोबारीलाई ब्याजछूट दिइएन, बेरोजगारलाई भत्ता दिइएन ।

टिप्पणीहरू