बैंकहरूमा कोरोना संक्रमित ‘हजारौं’

बैंकहरूमा कोरोना संक्रमित ‘हजारौं’

मुलुकमा कोरोना संक्रमितहरूको संख्या बढाउने हटस्पटको रूपमा बैंक तथा वित्तीय संस्थाहरू रहेको पुष्टि भएको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार ‘क’ वर्गका वाणिज्य बैंकहरूमा कोरोना संक्रमित कर्मचारीको संख्या ६ हजार नाघेको छ । त्यसैगरी नियमनकारी निकाय नेपाल राष्ट्र बैंकमा मात्र १ सय कटेका छन् । एकजना संक्रमितबाट कम्तिमा परिवारको एकजनालाई संक्रमण भएको आधारमा अर्को ६ हजार जनाभन्दा बढीलाई पनि कोरोना लागेको अनुमान गरिएको छ ।

‘ख’ वर्गका विकास बैंक, ‘ग’ वर्गका वित्त कम्पनी र ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूमा पनि त्यत्तिकै संख्यामा संक्रमित पाइएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार मंगलबारसम्म कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ । त्यसैगरी संक्रमणमुक्त भएकाको संख्या १ लाख ६० हजार ५ सय ७७ र हालसम्म निधन भएकाको संख्या १ हजार १ सय ४८ पुगेको छ । पीसीआर परीक्षण गरेकाको संख्या १५ लाख ६४ हजार नाघेको छ ।

टिप्पणीहरू