रेडपाण्डाको छालासहित समातियो

रेडपाण्डाको छालासहित समातियो

कोहलपुरको बसपार्कस्थिल न्यू राप्ती होटलबाट रेडपाण्डाको छालासहित चार जना समातिएका छन् ।
दुर्लभ वन्यजन्यु रेडपाण्डाको छाला ओसारपसार भइरहेको सूचनाको आधारमा प्रहरी टोलीले मंगलबार उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुर्खेत बराहताल गाउँपालिका–५ निवासी गणेश नेपाली, लालबहादुर नेपाली, जिल्ला दैलेख चामुण्डा बिन्न्द्रासैनी नगरपालिका–५ निवासी दिनेश कार्की र उमेशबहादुर थापा छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (क) बमोजिमको १० लाखसम्म जरिवाना र ५ वर्षदेखि १० वर्ष सम्म कैद वा दुवै सजायँ हुन सक्ने व्यवस्थाबमोजिम उनीहरूलाई कारबाही गरिने प्रहरीले जनाएको छ ।

यसैगरी बाँके प्रहरीले नेकपा (विप्लव) समूहका तीन जनालाई पक्राउ गरेको छ ।

टिप्पणीहरू