अरुको बढ्दा एभरेष्टको नाफा घट्यो

अरुको बढ्दा एभरेष्टको नाफा घट्यो

चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा एभरेष्ट बैंकको नाफा झण्डै ५२ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष उक्त अवधिमा करिब ७० करोड रूपैयाँ खुद नाफा कमाएको उक्त बैंक यो वर्ष साढे ३३ करोडमा खुम्चिएको छ । सार्वजनिक  विवरणअनुसार प्रतिशेयर आम्दानी घटेर १५ रूपैयाँ ७३ पैसामा झरेको छ ।

अघिल्लो आर्थिक वर्षको असोज मसान्तमा प्रतिशेयर आम्दानी ३४ रूपैयाँ ९ पैसा थियो । यसअनुसार प्रतिशेयर नेटवर्थ २ सय २३ रूपैयाँ ३२ पैसा कायम हुन आएको छ । असोज मसान्तको आधारमा वित्तीय विवरण सार्वजनिक गरेका कतिपय बैंकले भने कोरोना,लकडाउन र निषेधाज्ञाको असरका बाबजुद पनि अस्वाभाविक नाफा गरेको बताइएको छ ।

एभरेष्ट बैंकमा भारतको पञ्जाब नेशनल बैंकको २०.०३ प्रतिशत सेयर लगानी रहेको छ । नेपालीहरूको तर्फबाट सबैभन्दा धेरै बीके श्रेष्ठ समूहको मात्र ३० प्रतिशतको हाराहारीमा छ । पछिल्लो समय बीकेको नाममा भने ९.१८ प्रतिशत मात्र सेयर रहेको देखाइएको छ ।

टिप्पणीहरू