वीरगञ्जमा कम्युनिष्टको हालत यसरी बिग्रियो

वीरगञ्जमा कम्युनिष्टको हालत यसरी बिग्रियो

नेपाली जनताको चाहना र आन्दोलनको आवश्यकताले दुई ठूला पार्टीबीच एकता भएको भनिए पनि त्यही एकताले पर्सामा कार्यकर्ताको सहादत मागेको छ ।

पार्टी केन्द्रले स्थानीय कमिटीको एकताका लागि बनाएको मापदण्डलाई उल्लंघन गरेको हुनाले नै पर्सामा मुकेश चौरसियाले ज्यान गुमाउने वातावरण बनेको हो । स्थानीय तहमा जुन पार्टीले बढी मत हासिल गरेको छ उसैले पहिलो नेतृत्व पाउने र दोस्रो मत ल्याउनेले सचिव पाउने मापदण्ड तय भएको थियो । मापदण्डअनुसार पार्टी एकतालाई तल तलसम्म मिलाउन कार्यदल निर्माण भयो । एमालेको तर्फबाट रामचन्द्र साह, प्रभू हजारा तथा एनेकपा माओवादीको तर्फबाट विजय महतो र छोटेलाल यादव कार्यदलमा रहे । मापदण्डअनुसार एकताको काम गर्ने जिम्मेवारी पाएको यही कार्यदलले मनलाग्दी गरेकै कारण पर्साको नेकपा अहिले समस्यामा परेको बताइन्छ ।
ठोरीको नेतृत्व माओवादीले पाउनुपथ्र्यो तर गाउँपालिका साटासाट गरेर मापदण्ड लत्याए ।

मापदण्डअनुसार ठोरी गाउँपालिकाको नेतृत्व एनेकपा माओवादीले पाउनुपथ्र्यो तर कार्यदलमा रहेका सदस्य रामचन्द्र साह र विजय महतोले गाउँपालिका साटासाट गरेर मापदण्ड लत्याए । यही प्रवृत्तिका कारण समस्याको बिजारोपण भयो । विजय महतोलाई आफ्नो गृह गाउँपालिकामा बर्चस्व कायम गर्ने झाेंक चल्यो । रामचन्द्र साहमा जयप्रकाश थारुलाई ‘देखाइदिने’ दम्भ थियो । पार्टीको मापदण्ड लत्याउने यही कामको विकसित रूप हो विन्ध्यवासिनी घटना ।

कार्यदलले छिपहरमाईमा मुक्तिनारायण साहलाई अध्यक्ष सिफारिस गरेको थियो । तर जतिबेला संघीय सांसदको चुनाव थियो त्यतिबेला प्रल्हाद गुप्तालाई संयोजकको जिम्मेवारी थियो । बहुदरमाई नगरपालिकामा एमाओवादीले २ सय भोट कटाएको थिएन । त्यही क्षेत्रका संविधानसभा सदस्य राजकुमार गुप्तालाई ठेगान लगाउने उद्देश्यले रामचन्द्र साह र छोटेलाल यादवको डिजाइनमा त्यहाँ पनि माओवादीलाई अध्यक्ष र एमालेलाई सचिव बनाउने काम भयो । मापदण्डअनुसार एमालेले अध्यक्ष पाउनुपथ्र्यो र एमाओवादीले सचिव । कार्यदलले मनलाग्दी गरेको सिफारिसविरुद्ध कतिपय ठाउँमा उजुरी परेका थिए । त्यसका बाबजुद पार्टीले शपथग्रहण कार्यक्रम आयोजना ग¥यो ।

०७६ वैशाख ६ मा वीरगञ्जको राणीसती अतिथि सदनमा आयोजित शपथग्रहण कार्यक्रम विभिन्न ठाउँको विवादका कारण हुन सकेन । पार्टीका प्रदेश अध्यक्ष प्रभू साह आफैँ कार्यक्रममा सहभागी हुन आउनुभएको थियो । यही विवाद देखेपछि प्रदेश कमिटीले, पार्टी केन्द्रले तय गरेको मापदण्डका आधारमा कतिपय स्थानको कमिटीको फरमेशन सच्याएको छ । ०७६ वैशाख २ गते प्रदेश कमिटीले गरेको निर्णयअनुसार ठोरीमा एमाओवादी, जिराभवानीमा एमालेले नेतृत्व गर्ने तथा छिपहरमाईमा प्रल्हाद गुप्तालाई अध्यक्षको जिम्मेवारी दिने निर्णय भएको छ । यो कुरा वैशाख २७ मा प्रदेश कमिटीले जारी गरेको परिपत्रमा उल्लेख छ । लेनिनवादी संगठनात्मक सिद्धान्तको दुहाइ दिने कम्युनिष्ट पार्टीमा तल्लो कमिटी माथिल्लो कमिटीमातहत रहने पद्धति छ । तर, पर्सामा रामचन्द्र साह, विजय महतो र छोटेलाल यादवले माथिल्लो कमिटीको निर्णयको प्रतिकूल ठोरी, जिराभवानी, छिपहरमाईमा समानान्तर शपथग्रहण कार्यक्रम सम्पन्न गरेका छन् । पार्टीको पर्सा इञ्चार्ज रामचन्द्र साह अभिभावक हुनुपर्नेमा झगडिया बनेर फुटपरस्त कार्यक्रम गर्दै हिँडेको हुनाले पार्टीले विन्ध्यवासिनीका सचिव मुकेश चौरसियालाई गुमाउनुपरेको टिप्पणी हुन थालेको छ । मूल नेतृत्वको सहमतिबिना पार्टीका कुनै पनि कामले वैधता नपाउने कम्युनिष्ट पार्टीको सांगठानिक पद्धति हो । साहको नेतृत्वमा यही पद्धतिको हुर्मत लिने काम भयो जसले कम्युनिष्ट पार्टीभित्र हार्दिकता आत्मीयता समाप्त भई अराजकता र दोहोरो भिडन्तको अवस्था सिर्जना भएको जिल्ला कमिटी सदस्य अनुप तिवारीको बुझाइ छ ।

टिप्पणीहरू