गोकुल र झरनाले तिरेनन् कर

गोकुल र झरनाले तिरेनन् कर

चर्चित अभिनेत्री झरना थापाले सरकारलाई बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर(भ्याट) नबुझाएको पाइएको छ । विभागले लामो समयदेखि कर बुझाउन आनाकानी गर्ने २९ हजार उद्यमी, व्यवसायीको नाम सार्वजनिक गर्दा चर्चित अभिनेत्रीको सुहानी फिल्मले पनि कर दाखिला नगरेको भेटिएको हो । लाजिम्पाट ३ काठमाडौंस्थित कम्पनीले ०५८ सालदेखि यता सरकारलाई कर तिरेको छैन ।

यसरी कर तिर्न आनाकानी गर्नेमा झरना एक्लो कलाकार होइनन् । वितरक सुनील मानन्धरको श्रीराम बालाजी फिल्मले ०७४ सालयताको कर दाखिला गर्न बाँकी छ । यसरी कर दाखिला गर्न आनाकानी गर्नेमा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटासमेत परेका छन् । विभागले निकालेको सूचनामा उनी प्रकाशक तथा सम्पादक रहेको सम्बोधन साप्ताहिकले ०७० सालयताको कर दाखिला गरेको छैन ।

यसरी कर तिर्न आनाकानी गर्नेमा अर्बपति विनोद चौधरीका कम्पनीदेखि सुरज वैद्य, शारदाप्रसाद अधिकारी, बहादुरसिंह लामालगायत ठेकेदारसमेत छन् ।

 

टिप्पणीहरू