गुपचुप निषेधित मन्दिर पसे गृहसचिव

गुपचुप निषेधित मन्दिर पसे गृहसचिव

सँघीय सरकारका गृहसचिव महेश्वर न्यौपाने सुटुक्क बागलुङ आएका छन् । कोरोना भाइरस ९कोभिड १९० लाई लक्षित गरी सरकारले देशको धार्मिक मठ मन्दिरमा अहिलेसम्म निषेधाज्ञा जारी गरेको छ । मन्दिर पस्न सर्वसाधारणलाई अनुमति छैन । चैत ११ गतेदेखि नेपालको प्रसिद्ध शक्तिपिठ कालिका भगवती मन्दिरमा नित्य पूजाबाहेक अरू सबै बन्देज लगाइएको छ ।

नेपालीहरूको महान चाड दशैँ नजिक आउँदा गृह मन्त्रालयबाट गृहसचिवको हैसियतले देशको धार्मिक केन्द्रमा निषेधाज्ञा जारी गरेर सर्वसाधारणलाई मन्दिरमा प्रवेश गरेर पूजा गर्न प्रतिबन्ध लगाइएको थियो ।अहिलेसम्म पनि सरकारले औपचारिक रूपमा मन्दिर संचालनको अनुमति दिएको छैन । देशभरका निम्ति यस्तो नीति बनाउने गृहसचिव न्यौपाने भने मुस्ताङ घुमेर बागलुङ आई यहाँको सबैभन्दा शक्तिशाली धार्मिक शक्तिपिठ कालिका भगवती मन्दिरमा हिजो शुक्रबार बिहान ९ बजे गुपचुप पूजा गरेका छन् । सानालाई ऐन, ठूलालाई चैन त्यसै भनेका हैनन् बूढापाकाले ।

राजेशचन्द्र राजभण्डारीबाट

टिप्पणीहरू