महराको दुःखमा चीनको साथ

महराको दुःखमा चीनको साथ

एकपछि अर्को दुःख पाउँदै हाल पत्नी वियोगमा रहेका पूर्व सभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महरालाई उत्तरी छिमेकी चीनले गहिरो समवेदना व्यक्त गरेको छ । बुधबार चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागअन्तर्गत दक्षिण एसिया तथा दक्षिणपूर्वी एसिया व्युरोले पठाएको समवेदना सन्देशमा पत्नी वियोगको खबरले आफूहरू मर्माहत भएको उल्लेख गर्दै मृत आत्माको चीर शान्तिको कामना र शोकसन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गरिएको छ ।

यता,नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि छुट्टाछुट्टै शोक वक्तव्यमार्फत् मृत आत्माको चीर शान्तिको कामना गर्दै महरा स्वयम् र परिवारमा समवेदना व्यक्त गर्नुभएको थियो ।

टिप्पणीहरू