पूर्व सभामुख महरालाई पत्नी शोक

पूर्व सभामुख महरालाई पत्नी शोक

पूर्व सभामुख एवम् प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज बिहान करिव छ बजे निधन भएको छ । ५९ वर्षीया सीताको उपचारको क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार उनको १० वर्षअघि नर्भिकमा उपचार नभएपछि भारतको अपोलो अस्पतालमा छातिभित्र माइस्थानिया ग्रेभिस रोगको शल्यक्रिया गरिएको थियो भने प्लाज्मासमेत फेरिएको थियो । दशैँताका रोल्पामा छँदै केही समयदेखि निमोनियाको लक्षण देखा परेपछि उनलाई त्यहाँबाट उपचारार्थ दाङ्गको अस्पतालमा लगिएको बताइएको छ ।

त्यहाँ पनि आराम नभएपछि गत शुक्रबार आकस्मिक रूपमा हेलिकोप्टरमा ल्याएर शनिबारदेखि नर्भिकको भेन्टिलेटरमा राखी उपचार गरिदै थियो । नर्भिकमा उपचारको क्रममा गरिएको परीक्षणमा कोभिड–१९ पोजिटिभ पुष्टि भएको बताइएको छ । सीताका जनयुद्धमा पूरै खटिने निर्मल र राहुल गरी दुई छोरा र दुई छोरी छन् । महराको तीनै पुस्तामा मगर र क्षेत्रीको अन्तर्जातीय बिहे छासमिस भएको पाइन्छ ।

केही समयपछि सेनाले आफ्नो बिधिबमोजिम सीता म्याडमको शव पशुपति आर्यघाट लाने तयारी भैरहेको छ ।

टिप्पणीहरू