विप्लवकी सेक्रेटरी मङ्गलबजारमा पक्राउ

विप्लवकी सेक्रेटरी मङ्गलबजारमा पक्राउ

विप्लव माओवादीको ललितपुर जिल्ला सेक्रेटरी सावित्री अधिकारी “विदुषी” पक्राउ परेकी छन् । पाटन,मंगलबजारको भीमसेन मन्दिर नजिकै चिया पसलनेर शनिबार साँझ साढे आठ बजेतिर उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई हिजो ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी जिप्रका जावलाखेलमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । अधिकारीको साथबाट विप्लव समूहसँग सम्बन्धित दस्तावेज फेला पारेको बताइएको छ ।

प्रहरीका अनुसार अधिकारी यसअघि नै हातहतियार तथा खरखजाना र विष्फोटक पदार्थसम्बन्धी कसुरमा मुध्दा दर्ता भई सरकारको नजरमा फरार थिइन् । जाजरकोट,छेडागाड–९ की सावित्री काठमाण्डौंको बूढानिलकण्ठ–२ चपलीहाइटमा बस्दै आएकी थिइन् ।

टिप्पणीहरू