माननीयको अवस्था गम्भीर

माननीयको अवस्था गम्भीर

कोरोना संक्रमणका कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि  सा‌ंसद एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माको भेण्टिलेटरमा राखेर उपचार थालिएको छ । दुई साताअघि संक्रमण पुष्टि भएका विश्वकर्मालाई शुरुमा उपचारार्थ वीर अस्पतालमा भर्ना गरिएको थियो ।

तर,धेरै दिनसम्म पनि स्वास्थ्य अवस्था सुधारोन्मुख नभएपछि धापासीस्थित ग्राण्डी अस्पताल लगिएको छ । यसबीच निमोनियासमेत देखिएपछि हिजोदेखि भेण्टिलेटरमा राखिएको पारिवारिक स्रोतले बताएको छ ।

प्रतिनिधि सभामा समानुपातिक सांसद रहेका विश्वकर्मा यसअघि वाणिज्य मन्त्री बनेका थिए । उनी काँग्रेस निकट नेपाल दलित संघका अध्यक्षसमेेत हुन् ।

टिप्पणीहरू