प्रदेशलाई आदेश दिँदै प्रधानमन्त्री

प्रदेशलाई आदेश दिँदै प्रधानमन्त्री

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले कर्णाली प्रदेश सरकार सञ्चालनमा उत्पन्न समस्या समाधान गर्न भन्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहलाई कात्तिक ५ गते एउटा पत्र प्रेषित गरी मातहतको निकायलाई दिइएको प्रशासनिक आदेशको झल्को दिनुभएको छ । पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्रीले लेख्नु भएको पत्रले संघीय परिधिलाई खुम्चाइदिएको बताइन्छ ।

प्रधानमन्त्रीको उक्त निर्देशनले प्रदेश सरकारलाई प्रशासनिक युनिटभन्दा माथिल्लो निकाय नठानेको प्रष्ट हुन्छ । पत्रको व्यहोरामा प्रशासनिक आदेश झैँ लेखिएको छ-“तपाईंले गरेको कारबाही फिर्ता लिन र उहाँलाई पूर्ववत् प्रमुख सचेतकको जिम्मेवारीमा स्थापित गर्न निर्देशित गर्दछु ।’

टिप्पणीहरू