शीतल निवास र बालुवाटारमा दशैंको टीका

शीतल निवास र बालुवाटारमा दशैंको टीका

राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज अपरान्ह शीतल निवासमा टीका तथा जमराको माला लगाइदिनु भएको छ । त्यस अवसरमा उहाँले प्रधानमन्त्री-पत्नी राधिका शाक्यलाई पनि टीका र जमराको माला लगाइदिनुभएको थियो ।

त्यसअघि बिहान १० बजेर १९ मीनेटको साइतमा राष्ट्रपतिले आमा मिथिला पाण्डेको हातबाट टिका लगाउनुभएको थियो । त्यति नै बेला यता बालुवाटारमा प्रधानमन्त्री ओलीले परिवारजनलाई पनि टीका र जमरा लगाइदिनुभएको थियो ।

टिप्पणीहरू