दलको ब्यानरमा मासु भाग

दलको ब्यानरमा मासु भाग

आज दशैंको आठौं दिन,महाअष्टमी पर्व । आजको रातलाई कालरात्री भनिन्छ । कालरात्रीमा विभिन्न दशैं घर,कोत र शक्ति पिठहरूमा पशु पंछीको बलि दिइन्छ । सर्वसाधारणले घर घरमा बोका,खसी मार हान्ने काम पनि गर्छन् । एउटै घर र परिवारले बुत्याउन नसकिने भएमा नातेदार वा छिमेकीहरू मिलेर बोका र खसीलाई काटकुट पार्दै भाग लगाइन्छ ।

राजनीतिक दल र तिनका कार्यक्रम छायाँमा पर्दै गएकाले होला सर्वसाधारणले पनि त्यसरी मासु काटकुट पारेर भाग लगाउने काममा तिनै दलका ‘फ्लेक्स ब्यानर’ ओछ्याउन थालेका छन् । दल र तिनका कार्यक्रमले सर्वसाधारणलाई कुनै आकर्षण नगरेपनि मासु भाग लगाउन ब्यानरले सहयोग पुर्याएकोमा भने दंग देखिन्छन् ।

टिप्पणीहरू