उता गैंडा भकाभक, यता तस्कर भटाभट

उता गैंडा भकाभक, यता तस्कर भटाभट

काठमाडौंको चुच्चेपाटीमा गैंडाको खाग सहित एकजना कारोबारीलाई प्रहरीले बिहीबार पक्रेको छ । सूचनाको आधारमा प्रहरीको विशेष टोलीले चुच्चेपाटी, पासाङल्हामु चोकबाट सुनसरी, इनरवाका ४९ वर्षीय राजेन्द्र रिजाललाई गैंडाको खाग बिक्रीको लागि बोकेर हिँडेको अवस्थामा पक्राउ गरेको थियो ।

बरामद गरिएको खागलाई आवश्यक अनुसन्धानको लागि जिल्ला वन कार्यालय, हात्तिसार पठाइएको छ भने रिजाल प्रहरी हिरासतमा छन् । शिक्षण पेशामा संलग्न उनी हाल काठमाडौंको कपनमा बस्दै आएका थिए ।

चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो दुई दशकमा मात्रै चोरी–सिकारबाट एक सय ७४ वटा गैंडा मारिएका छन् । त्यसैगरी प्राकृतिक कारणले तीन सय ४९ र अप्राकृतिक कारणले पनि १३ वटा गैंडा मरेको निकुञ्जको अभिलेखमा देखिन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम एक सिंगे गैंडा संरक्षित वन्यजन्तु हो ।

टिप्पणीहरू