भारतीय जासुस प्रमुख अकस्मात नेपालमा

भारतीय जासुस प्रमुख अकस्मात नेपालमा

भारतको अन्तर्राष्ट्रिय जासुसी संस्था रिसर्च एण्ड एनालाइसिस विङ्ग (र) का प्रमुख सामन्त गोयल आज दिउँसो एक बजे काठमाडौँ आइपुगेका छन् । भारतीय वायुसेनाको विमानमार्फत नौ सदस्यीय उनको टोली काठमाडौं ओर्लिएको हो ।

भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवाणेको कार्तिक १८ गतेदेखि शुरु हुने भ्रमणको तयारी चल्दै गर्दा दुई देशवीच कालापानी र लिम्पियाधुरासमेत सम्मिलित नक्सा जारी गरिएपछि चिसिएको राजनैतिक सम्बन्ध सुधार्ने क्रममा यो आकस्मिक भ्रमण भएको हो ।

जासुस टोलीले प्रयोग गरेको विमानको कलसाइन IFC 4620 रहेको छ । गोयल प्रधानमन्त्री केपी ओलीलगायत उच्चपदस्थ ब्यक्तित्वहरुसङ्ग आज राती महत्त्वपूर्ण भेटघाट सक्नेगरी यतै बस्नेछन् । भोलि बिहान साढे ९ बजे स्वदेश फर्कने छन् ।

उनी जिम्मेवारी सम्हाल्नासाथ पोहोर साउन ४ गते पनि नेपाल आएका थिए ।

टिप्पणीहरू