गण्डकी मन्त्रीका गड्बडी

गण्डकी मन्त्रीका गड्बडी

भौतिक मन्त्रीको अनियमितताले गण्डकी प्रदेश सरकार बद्नाम भएको छ । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा गोरखा क्षेत्र न १ को प्रदेशसभा ‘ख’ बाट निर्वाचित गोरखा, नारेश्वरका रामशरण बस्नेत गण्डकी प्रदेश सरकार मन्त्री छन् ।

तत्कालिन एमालेका गोरखा र मनाङका जिल्ला इञ्चार्जसमेत थिए उनी ।पहिला साधारण जीवनशैली अपनाउने नेताका रुपमा चिनिन्थे । प्रदेश सभाको निर्वाचनपछि गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्री बने । त्यसपछि उनको जीवनशैली मात्र होइन्, आर्थिक हैसियतसमेत अचम्मसँग फेरियो ।

रामशरणले शुरुवाति दिनमा राम्रो काम गरेको चर्चा प्रदेशभित्र चलेपनि जब फिल्डमा भौतिक प्रगति देखिएन, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसमेत चकित हुने अवस्थामा पुगे । मुख्यमन्त्री अनुगमनमा निस्किँदा उक्त मन्त्रालयको प्रगति नदेखिएको कुरा पार्टीकै नेतासँग बताएका थिए ।

रामशरणले कागजी प्रगति देखाई ठेकेदारसँग पैसा असुल्ने गरेको रिपोर्ट मुख्यमन्त्रीकहाँ पुगेपछि उनी आफैँ अनुगमनमा निस्किएका थिए । भौतिक मन्त्रालयका तत्कालिन सचिव ईश्वर मरहट्टासँग रामशरणको ‘हिसावकिताव’ नमिलेपछि अहिले उनीहरुवीच बोलचाल नै बन्द छ ।

रोचक त के छ भने, मन्त्री बस्नेतले दुई बर्ष अगाडि मरहट्टालाई काम गर्न सजिलो हुन्छ भन्दै त्यहाँ लगेका थिए । विभिन्न आयोजनामा कमिसनको विषयलाई लिएर विवाद भएपछि उनी अहिले मन्त्रालय छोडेर डोलिडारको महानिर्देशकका रुपमा काठमाडौं फर्किएका छन् ।

यसबीच रामशरणले कैयौँ पटक सचिव मरहट्टालाई फोन गरे । तर, ‘रेसपोन्स’ पाएनन् । स्रोतका अनुसार रामशरणले कमिसनको हिसाव किताब माग्न फोन गरेके भनी मरहट्टाले वास्ता नगरेका हुन् । गृह जिल्ला गोरखाका विभिन्न ठेकेदारसँंग मिलेर सडक आयोजना समेत अलपत्र पारेका छन् । विभिन्न आयोजनाबाट कमिसन खाएको भन्दै नेकपा जिल्ला पार्टीमा समेत चर्चा चल्ने गरेको छ । ०७५ सालको माघ १८ गते अवैध क्रसर अनुगमन गर्न गएको टोलीलाई ‘त्यो मेरो क्रसर हो’ फिर्ता हुन आदेश दिएका थिए ।

रामशरणका छोरा विनयको गत बैशाखमा विवाह भयो । उनी भारतमा डाक्टरी अध्ययन गर्दैछन् । विवाहमा बुहारीलाई २५ तोला सुन उपहार दिएको चर्चा अझै सेलाएको छैन ।

सचिवका कारण मन्त्री हैरान

मन्त्रालयका तत्कालिन सचिव मरहट्टामार्फत् धन आर्जन गरी पोखराको आँखा अस्पतालअगाडी ‘डबल लेन’ बाटोमा हालसालै उनले ११ आना जग्गा किनेका छन् । उक्त जग्गामा घर निमार्णका लागि नक्सा तयार हुँदै थियो । तर, सचिवको सरुवा भएपछि मन्त्रीको घर बनाउने सपना अलपत्र परेको उनी निकटस्थहरु बताउँछन् ।

ट्रायल सेन्टरमा ‘गोल्डेन शेयर

नवलपरासीको कावासोतीमा रहेको ट्रायल सेन्टरमा समेत उनको ‘गोल्डेन शेयर’ रहेको स्थानीय नेकपा नेताहरु बताउँछन् । उनले भौतिक मन्त्रालयको अनुदानमा रहेको उक्त ट्रायल सेन्टर मिलाइदिएबापत २५ प्रतिशत ‘गोल्डेन शेयर’ हात पारेको नेताहरु बताउँछन् । रामशरणको बाहिरी कारोबार मिलाउन गोरखाको सहिद लखनका विशाल थापा सक्रिय हुने गरेका छन् ।

 

समाचारमा खण्डन

जनआस्था डटकममा प्रकाशित यस समाचारमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेतको निजी सचिवालयले खण्डन गरेको छ । खण्डनको व्यहोरा यसप्रकार छ ;

टिप्पणीहरू