कङ्गोबाट सेना आउँदा झन नाङ्गो

कङ्गोबाट सेना आउँदा झन नाङ्गो

अस्ति कंगोबाट आएका शान्ति सेनाले क्वारेन्टाईनमै जाँड खाएर बबाल मच्चाएको १० दिन पनि पुगेको छैन अहिले आएको मिनुस्का टोलीले पनि कम्तीमा १५ देखि २० टन त रक्सी मात्र बोकेर आएको थाहा पाईएको छ। मिसनबाट ल्याउन नपाउने काजु लगायतका सामान त कति हो कति ! हामीलाई भने झोला जाँचेर खाली गराए।  उक्त मिसनमा सैनिक प्रहरी पनि नेपाली सेना नै छ। जाने गणपतिले आफ्नो झोला कस‍ैलाई पनि हेर्न दिएनन् ।

अहिले सैनिक प्रहरीमा तिनै सरोज कार्की गणपति छन्,जसले नम्बर २ जगदल गणको गणपति हुँदा नयाँ निर्माणको पैसा सखाप बनाएका थिए । त्यतिबेला राजेन्द्र कार्कीको आफन्त भएकाले मिसन जान पाएका हुन् । अहिले आउने टोलीले उनको मात्र ६०‌ लिटर रक्सी ल्याएको छ । दुईजना गणपतिले सिपाहीलाई बजार जान नदिई प्रति व्यक्ति एक वटा बोटल बोकाएर पठाएका छन् ।

एक जना अधिकृतको चार वटासम्म झोला त लेबनान मिसनमा पनि हुँदैन ।

सामान पास भएको यकिन गर्न सैनिक प्रहरीका मेजरहरू आँफै एयरपोर्ट आएका थिए,आफूहरूले पनि सिपाही मारेर काजु किसमिस पठाएका छन्  । अरूको झोलाबाट सामान झिकेर फाल्नेहरू आज नरम भएको देखेर मुभकनहरूले रमाईलो मानेको पनि देखियो । एक जना अधिकृतको चार वटासम्म झोला त लेबनान मिसनमा पनि हुँदैन । यता सिपाहीको भने २० किलो पनि पुगेको छैन  ! नेपालमा सबै सामान मिलाउने जिम्मा सैनिक प्रहरीका गणपति ईमेश मेहरको रहेछ । आईडिया दिने उनै हुन् ।

टिप्पणीहरू