रानीपोखरी आजदेखि खुल्ला

रानीपोखरी आजदेखि खुल्ला

पाँच वर्षअघिको महाभूकम्पबाट क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण सम्पन्नपश्चात् आज मध्यान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने भएको छ । यसअघि राष्ट्रपतिले नै २०७२ माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा उक्त पोखरी पुनर्निर्माण कार्यको शिलान्यास गर्नुभएको थियो ।

भूकम्पअघि रानीपोखरीको वीचमा रहेको बालगोपालेश्वरको मन्दिर गुम्बज शैलीको थियो भने अहिले शिखर शैलीमा पुनर्निर्माण गरिएको छ । राजा प्रताप मल्लले शिखर शैलीमा बनाएको उक्त मन्दिर वि.सं. १९९० को भूकम्पपछि पुनर्निर्माण गरिँदा गुम्बज शैलीमा बनाइएको हो ।

टिप्पणीहरू