सेनाको जासुसीमा यौन ज्यादति ?

सेनाको जासुसीमा यौन ज्यादति ?

०७५ सालमा रमेश कार्की सुवेदार मेजर हुँदा तामाङ थरकी महिला सिपाहीलाई राती राती सुन्धारा लजमा लगेर दु:ख दिने डिएमआईका सुवेदार शंकरजंग रायमाझीले कान्छी पत्नी भगवती कटवाललाई खबर संकलन मात्र गर्न लगाएनन् कि महानिर्देशक जर्नेल देवकुमार सुवेदीलाई सुराक दिएर बढुवा भएको एक बर्ष नपुग्दै राजीनामा लेख्न बाध्य बनाए ।

त्यसो त प्रत्येक बिहिबार राती रक्सी पार्टीसहित भद्रकालीमा मेजमानी गर्न पल्केका रमेश कार्कीले सुन्धाराका लजहरुमा जान नमान्ने चारवटी सिपाहीलाई जर्नेल नभएको मौका छोपी थापा थरका फुल कर्नेललाई सहि गर्न लगाएर ठाडो आदेशमा बाहिनीतिर काजमा फालेकै हुन् । यसरी फालिनेमा रायमाझी-पत्नी भगवती पनि थिइन् । आफ्नै परिवारलाई अन्तर्गतमा फालेपछि यी सबै कामको निगरानी शुरु गरेका रायमाझीले सुन्धारा लजमा जान नमानेको फेरेकोमा कुनै शँका रहेन र कार्की राजीनामा रुँदै घर गए । यी सबै तथ्य प्रमाणको लागि हालका प्रसु ज्ञानबहादुर केसी नै काफी छन् । रायमाझी दम्पत्तिको कारण संगठनका गोप्य कुराहरु अहिले पनि बाहिर पुग्छन् भन्ने हल्ला ब्यापक छ ।

कम्प्युटरमा राखिएका गोप्य कुराहरु पेनड्राइभमा हालेर लैजाने अनि अफिसको फाइल डिलिट गरेर एक हाते खबर दिन पल्केका उनै रायमाझीको कारण जासुसी निकायमा धमिरा लागेको बताइन्छ । उनै रायमाझीले हाल कुन कुरा लगाएर प्रसु हुन पाइन्छ र नयाँ बन्ने चार नम्बर गणमा जान पाइन्छ भन्दै विभिन्न चुक्ली तीब्र पारेको सुन्नमा आएको छ । यता जासुसी निकायको दोस्रो बटालियनमा प्रसुको लाइनमा रहेका लिभिङ्गका माहिर गोर्खे खेलाडी सुवेदार ऋषि बस्नेतले पनि नारायणहिटीस्थित गोरखकाली गुल्मकी जमदार जेएललाई शोषण गरेका छन् ।

५-६ वर्षदेखि यो धन्दा जारी राखेका बस्नेतले ती महिलाको मिसनदेखि सञ्चयकोषसम्मको १५ लाखभन्दा बढी सबै पैसा झिकी डिभोर्ससमेत गर्न लगाएको जासुसी निकायका जो कोहीलाई थाहा छ । बुटवलमा छँदा होटलमा श्रीमान- श्रीमती हौं भन्दै बास बस्ने उनीहरुले यसरी सेनाको इज्जत बढाए कि घटाए ! आफू डिभोर्स नगरी अरुलाई घरको न घाटको बनाउने ? एक महिनाअघि बुटवलका नयाँ पृतनापति सञ्जय थापालाई सलाम नगरेको अभियोगमा गण फिर्ता भएका बस्नेत अबको प्रसु मै हो भन्दैछन् । यी सुवेदारबाट जासुसी संगठनले के सिक्ला र सिकाउला ? हामी इन्टेलिजेन्सको हो भन्न पनि लाज लागिसक्यो । यस्ता भाइरसलाई बेलैमा कसले कार्वाही गर्ने ? चिफसाब,भाषण र परिपत्रमा मात्रै सेना चलाएर हुन्न है,अरुको घरवार बिगार्नेप्रति कठोर बन्नैपर्छ ।

– पीडित हवल्दारहरु

 

टिप्पणीहरू