मनकामनातिर पनि फैलियो

मनकामनातिर पनि फैलियो

गोरखाको मनकामना क्षेत्र विकास समितिका अध्यक्ष तथा उक्त गाविसका पूर्व अध्यक्ष रामकुमार के.सी. पनि कोरोना संक्रमित भएका छन् । उनको काठमाडौंस्थित ओम अस्पतालमा उपचार भइरहेको बताइन्छ । घरमै आइसोलेशनमा बसेका केसीको स्वास्थ्यमा निकै जटिलता देखिएपछि अस्ति राती नै मनकामना केबुलकारको आकस्मिक सेवाबाट कुरिनटार ल्याइएको थियो । कुरिनटारबाट एम्बुलेन्समा राखेर अस्पतालतर्फ लैजाँदै गर्दा उता घरमा रहेकी ९२ वर्षकी आमाको निधनको खबर आएको थियो ।

लामो समयदेखि अस्वस्थ बृद्ध आमा बितेको खबर छोरालाई हालसम्म नदिइएको नजिकका आफन्तजनले बताएका छन् । काठमाडौं आएका मनकामना गाउँपालिकाका एकजना वडा सदस्यलाई पनि कोरोना पुष्टि भएको छ । के.सी. र वडा सदस्यलाई संक्रमण पुष्टि भएपछि अहिले गाउँपालिका शिल गरेर कन्ट्याक्ट ट्रेसिङमा देखिएका ३० जनाको कोरोना परीक्षणको तयारी भएको बताइएको छ ।

टिप्पणीहरू