कैलाली हत्याकाण्डमा दश पक्राउ

कैलाली हत्याकाण्डमा दश पक्राउ

कैलालीस्थित नेपाल-भारत सिमानाको मोहना नदीमा मारेर फालिएको अवस्थामा प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिकको शरीर प्रहरीले आज बिहान फेला पारेको छ । हत्याको स्पष्ट तस्बिर बाहिर नआइसकेको प्रहरी स्रोतले बताएको छ । रातको समयमा तस्करले मारेको आशंका गरिएपनि कुरोको चुरो भने खुलिसकेको छैन ।

प्रहरीले हत्या आशंकामा झण्डै एक दर्जन जनालाई पक्राउ गरेर सोधपुछ थालेको छ । हिजो राती असई बिकसँग एक जवान गस्तिमा गएका थिए । त्यो ठाउँ एकान्त र सुनसान भएको र दुई दिनअघि उनको टिमले तस्करीको अवैध सुर्ती जफत गरेको थियो ।

कैलालीको अस्थायी प्रहरी बिट,जुगेडामा इञ्चार्ज रहेका बिकलाई अन्य सुरक्षाकर्मीले रातको समय सिमाना नजिकै नजान अनुरोध गरेका थिए । तर,भारतसँग जोडिएको मोहना नदीमा घाँटी रेटेर फालिएको अवस्थामा उनको शव फेला परेको हो । उनले उक्त बिटको जिम्मेवारी सम्हालेको धेरै भएको थिएन ।

उनीसँगै गस्तिमा गएका अर्का प्रहरी जवानको अवस्था भने हालसम्म अज्ञात छ ।

टिप्पणीहरू