मेलम्चीमा बाजी मारे कमलले « Jana Aastha News Online
Logo
७ माघ २०७८, शुक्रबार
|  Fri Jan 21 2022

मेलम्चीमा बाजी मारे कमलले

प्रकाशित मिति :  २ कार्तिक २०७७, आईतवार १६:१२


मेलम्ची उपआयोजना-२ काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय पिआइडीको परियोजना प्रमुखमा आज कमल श्रेष्ठ नियुक्त भएका छन् । प्रमुखको दौडमा रहेका प्रदिप मुडभरी,अनिलभद्र खनाल र सूर्यराज कँडेललाई पछि पार्दै श्रेष्ठले बाजी मारेका हुन् ।

परियोजनाले मेलम्चीको पानी वितरणका लागि नयाँ सञ्जाल तयार गर्छ । त्यसका लागि परियोजनाले पाइप बिछ्याउने कामलाई अन्तिम चरणमा पुर्याएको छ । सुन्दरीजलदेखि काठमाडौँ उपत्यकाको लागि पाइप बिच्छ्याउने काम भइरहेको हो ।

काठमाडौँवासीका लागि मेलम्चीको पानी छेपाराको कथाजस्तै भइरहेको बेला परियोजना प्रमुखको नियुक्तिलाई विशेष महत्वका साथ हेरिएको छ । खानेपानी मन्त्री बिना मगरले अघिल्लो वर्ष नै काठमाडौँमा पानी झर्ने बताएको भएपनि विभिन्न बहानामा पानी ल्याउन ढिलाई भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !