३ हजार शिक्षकले तलब पाएनन्

३ हजार शिक्षकले तलब पाएनन्

चैतदेखि तलब नपाएका शिक्षकको यस वर्षको दसैँ खल्लो हुने भएको छ । इटहरीमा नाम कहलिएका स्कुल तथा कलेजले पनि तलब दिएका छैनन् । चैतदेखि बन्द विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्दा पनि तलब नदिएको आरोप शिक्षकहरूको छ ।

निजी विद्यालय शिक्षक राम गौतमले विद्यालयले तलब नदिँदा आफूहरूको बिजोक भएको बताए । ‘मैले वैशाखदेखि तलब पाएको छैन, घरखर्च चलाउनै धौधौ भयो’, उनले भने । इटहरीमा मात्र करिब ३ हजार शिक्षकले तलब पाएका छैनन् ।

प्याब्सन इटहरीका कार्यवाहक अध्यक्ष राजकुमार सापकोटाले भने अनलाइन पढाउने शिक्षकहरूलाई तलब दिइरहेको बताए । अनलाइन नपढाउने अनि तलब पनि माग्ने शिक्षकलाई कसरी तलब दिनु ? उनले भने, ‘कामै नगरी राजनीति गर्नेलाई स्कुलले कसरी तलब दिन सक्छ ?’ पढाइरहेका शिक्षकले तलब नपाएको भए तत्काल पहल गरिने सापकोटाले बताए । इटहरीमा बग्रेल्ती निजी स्कुल, मण्टेश्वरीहरू खुल्ने क्रम बढेको छ । यहाँ १२५ वटा स्कुल दर्ता छन् ।

टिप्पणीहरू