श्रीमानहरू त्राहिमाम

श्रीमानहरू त्राहिमाम

यतिखेर सर्वोच्च अदालतका न्यायाधीशहरूमध्ये हरि फुयाँल, डा.आनन्दमोहन भट्टराई, कुमार रेग्मी र टंकबहादुर मोक्तान होम क्वारेण्टिनमा बसेका छन् । न्यायाधीश मोक्तानकी श्रीमती र अन्य न्यायाधेशको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई कोरोना पोजिटिभ देखिएपछि कन्ट्याक्ट ट्रेसिङ्गको आधारमा चारैजना क्वारेण्टिनमा बसेको बताइएको छ । मोक्तानकी श्रीमती त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल,महाराजगञ्जको नर्सिङ्ग क्याम्पसमा कार्यरत छिन् ।

उता,न्यायाधीश कुमार रेग्मीको सुरक्षार्थ निवासमा रहेका दुईजना प्रहरीमा पनि कोरोना पोजिटिभ देखिएको छ । त्यसैगरी,भट्टराईको निवासमा खटिएका प्रहरीमध्ये एकजना हवल्दार संक्रमित भएका छन् । फुयाँलको घरमा रहेका सुरक्षाकर्मीमध्ये दुईजनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएपछि न्यायाधीशहरूले स्वतः होम क्वारिण्टिन रोजेको बताइन्छ ।

यसैबीच,दशैंको उपलक्ष्यमा हिजो घटस्थापनादेखि आगामी १५ गते कोजाग्रत पूर्णिमाको दिनसम्म सर्वोच्च अदालत बन्द हुने सूचना जारी गरिएको छ । सँधै दशैंभरि बन्द हुने अदालतमा शनिबार र विजया दशमी बाहेक अरु दिन बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाई मात्र हुने छ ।

टिप्पणीहरू