नारायणकाजीबिरुद्ध पनि रिट « Jana Aastha News Online
Logo
१४ मंसिर २०७८, मंगलवार
|  Tue Nov 30 2021

नारायणकाजीबिरुद्ध पनि रिट

प्रकाशित मिति :  १ कार्तिक २०७७, शनिबार १७:४१


नेकपा उपाध्यक्ष तथा राष्ट्रिय सभाका मनोनित सांसद वामदेव गौतम बिरुद्धको मुद्दा सर्वोच्चमा विचाराधीन रहेकै बखत नेकपा प्रवक्ता तथा नेता नारायणकाजी श्रेष्ठ बिरुद्धको रिटसमेत दर्ता गर्न लगिएको छ । प्रतिनिधि सभाको निर्वाचनमा पराजित व्यक्ति राष्ट्रिय सभामा सांसद र मन्त्री हुन नपाइने जिकीर लिँदै गौतम र श्रेष्ठबिरुद्ध अदालतको ढोका ढक्ढकाइएको हो ।

गौतमबिरुद्धको मुद्दा संवैधानिक इजलासले हेरिरहेको छ । सर्वोच्च अदालतका अधिकांश न्यायाधीश कोरोना सङ्क्रमणको कारण क्वारेण्टिन र आइसोलेसनमा बसेपछि उक्त मुद्दाको  पेशी एकै चोटी कात्तिक अन्तिम सातालाई सरेको छ । गौतमको तर्फबाट बहस गरेका कानुन व्यवसायीहरूको लिखित जवाफ भोलि ? अदालतमा पेश हुने बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस !