नबिलले दियो प्रविधीसँगै कोरोना र दशैंको सन्देश !

नबिलले दियो प्रविधीसँगै कोरोना र दशैंको सन्देश !

कोरोना महामारी बढेसँगै नबिल बैंकले घटस्थापनाको दिन पर्वसँगै देखिएको महामारी रोकथाम, नयाँ प्रविधिको प्रयोग र सकारात्मक सोचसम्बन्धी नयाँ सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । भिडियोमा आवश्यक सावधानी र सतर्कता अपनाउँदा कोरोनालाई जित्न सकिने रमाइलो पक्ष सहितको सामाजिक सन्देशलाई सटिक ढङ्गले देखाइएको छ । त्यसैगरी परिवारका थप सदस्यलाई सङ्क्रमण हुनबाट बचाउन बैंकको डेबिट कार्डको प्रयोग गरी घरमै बसेर अनलाइन किनमेल गर्न सकिने सन्देश दिइएको छ ।

 

परिवारमा कसैलाई कोरोना सङ्क्रमण भइहालेमा पनि सकारात्मक सोच र सावधानी अपनाउन जोड दिइएको छ । साथै, चाडबाडको मुखमा घर र परिवार भित्रको नरमाइलो क्षणलाई डेबिट कार्डको प्रयोगले खुशी ल्याउन सकिनेतर्फ पछिल्लो भिडियोले सबैलाई राम्रो सन्देश दिएको छ ।

टिप्पणीहरू