छ महिनामा बिते २४ वकिल

छ महिनामा बिते २४ वकिल

पछिल्लो छ महिनामा विभिन्न कारणबाट २४ जना वकिलले ज्यान गुमाएका छन् । बिहिबार उच्च अदालत बार एसोेसियसन पाटनका सदस्य अधिवक्ता हरेकृष्ण कायस्थको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यसअघि गत साता बार एसोसियसन पाटनका पूर्वअध्यक्ष दीपक बिष्टको पनि कोरोनाकै कारण मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो । विराटनगर उच्च अदालत बार एसोसियसनका पूर्व अध्यक्ष राम निरौलाको पनि कोरोनाका कारण मृत्यु भएको छ ।

पाटन उच्च अदालत बार एसोसिएसन कार्यसमितिका पूर्व सदस्य तथा अधिवक्ता श्रीराज कोइरालाको भने मृगौलामा पलाएको ट्युमरको उपचारको क्रममा निधन भएको छ ।

पछिल्लो ६ महिनामा मृत्यु हुने अन्य वकिलमा राजबहादुर चन्द, नारायणबल्लभ पन्त, स्थानेश्वर भट्ट, किशोरदत्त पाण्डे, होमनाथ ढुंगाना, गुरुप्रसाद बराल, चेतराज रेग्मी, अबधेशकुमार चौरसिया, दीपक शाही, पुरन राई, कृष्णप्रसाद गौतम, अमितसि‌ंह भण्डारी, शोभा केसी, प्रमोद गुप्ता, रतन दास, प्रकाश रेग्मी, श्रीराज कोइराला, सन्जीवकुमार सुनुवार, अरुणदत्त पन्त र जनककुमार नापित छन् ।

टिप्पणीहरू