नर्भिकका हल्ला निराधार

नर्भिकका हल्ला निराधार

नर्भिक अस्पतालले आफ्नाबारे चलेका अनर्गल प्रचारवाजीप्रति खेद व्यक्त गरेको छ ।
अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कर्मचारीलाई निकालेको, अतिरिक्त शुल्क लिएको, कर्मचारीलाई सरकारी स्केलअनुसार तलब नदिएको भन्नेजस्ता भ्रमपूण प्रचारप्रसार गर्ने त कहिले नर्भिककै चिकित्सक वा कर्मचारीलाई केन्द्रीत गरी मनोबल गिराउने उद्देश्यले भइरहेका प्रचारप्रसार तथ्यहीन, कपोकल्पित र गलत रहेको व्यहोरा अनुरोध गर्न चाहन्छौं ।’

नर्भिकले कोभिडको विषम परिस्थितिमा पनि गर्दै आएको सेवालाई ढाकछोप हुने गरी, कोभिडविरुद्धको सामूहिक लडाईमा दिएको बलियो साथलाई समेत नजरअन्दाज गर्दै, आफ्नो उच्च व्यवस्थापनले गरेको योगदानलाई समेत बिर्सिएर, अस्पतालले यस्तो अवस्थामा पनि प्रवाह गर्दै आएको विश्वस्तरीय स्वास्थ्य सेवाको विषयमा बोल्न नसक्नेहरुले योजनाबद्ध ढंगले प्रहार गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

अस्पतालको आन्तरिक कर्मचारी व्यवस्थापन विनियमबमोजिम उमेरको हदबन्दी नाघेका र कार्यसम्पादनको आधारमा श्रम ऐनबमोजिम आवश्यक सुविधा दिई केही कर्मचारीलाई सेवानिवृत्त गरिएको विषयलाई समेत बढाईचढाई गरी भ्रम छर्ने काम भएकोमा विज्ञप्तिमा खेद प्रकट गरिएको छ ।

टिप्पणीहरू