सक्कली प्रहरीद्वारा नक्कली पक्राउ

सक्कली प्रहरीद्वारा नक्कली पक्राउ

नक्कली प्रहरी बनेर व्यवसायीसँग पैसा असुल्ने एकजनालाई सक्कली प्रहरीले पक्रेको छ ।दुई वर्षदेखि प्रहरीको पोसाक,रेनकोट,टिसर्ट, नेमप्लेट लगाई प्रहरीको सञ्चार सेट जस्तो देखिने KENWOOD ब्राण्डको 144 MHZ F.M.Transceiver-TH-22E र हेण्ड वाकिटकी सञ्चार सेटहरु बोक्ने र व्यापारीसँग पैसा असुल्ने रामेछाप खाँडादेवी घर भई काठमाडौँ बानियाँटार बस्ने गोविन्द खड्का समातिएका हुन् ।

महानगरीय अपराध महाशाखा प्रमुख दिपक थापाका अनुसार,उनको साथबाट KENWOOD लेखिएको 144 MHZ( made in Singapore) को सञ्चार सेट एक थान, ALINCO लेखिएको Japan Made सञ्चार सेट एक थान, गोबिन्द खड्का लेखिएको नेमप्लेट, नेपाल प्रहरीलगायत सेनाका युनिफर्महरु,सुरक्षा निकायले लगाउने बुट २ जोर,सिठी,मोटरसाईकल, मतदाता परिचयपत्र,लाईसेन्स र विभिन्न मोबाइल बरामद भएको छ ।

खड्काले पर्यटकहरुबाट प्राप्त सञ्चारसेटहरु दुरुपयोग गरेको अनुसन्धानका क्रममा खुलेको बताइन्छ ।

 

टिप्पणीहरू