भरिया समाउँदा अनेकन चर्चा

असोज १५ गते कपिलवस्तुको मायादेवी गाउँपालिका ७ बनकसियामा स्थानीय सुन भरिया पक्राउ परे । मायादेवी ४ का पवन गुप्ता ४३ तोला (आधा किलो) सुन सहित पक्राउ परे । उनलाई तौलिहवाबाट भारतको सिद्र्धाथनगर सुन पुरयाउन पठाइएको थियो । कपिलवस्तु प्रहरीले उनलाई पक्राउ गरेर सदरमुकाम तौलिहवा ल्यायो । त्यहाँ केरकार भयो । पक्राउ परेका मानिसले रफिक भन्नेको नाम पोले । तर, ती व्यक्ति फेला परेनन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुकै स्रोत अनुसार पक्राउ परेका पवन गुप्ताले पक्राउ पर्दा रफिकको नाम लिए, तर घटनाको दुई हप्तापछि तौलिहवाका धनाढ्य सुन व्यापारी अर्जुन वर्माको नाम चर्चामा ल्याइयो । पवन गुप्ताले यस पटक मात्र नभई पटक पटक सुन भारत पठाउदै आएको र आफैँले ३६ पटक भन्दा बढि सुन भारतमा पुरयाएको बयान समेत दिएका थिए । पवन पक्राउ परेको र उनको बयानसाथ मुद्दा पेश भइसकेपछि एकाएक व्यापारी अर्जुनको नाम चर्चामा ल्याइयो । भनियो कि, त्यस पछि व्यापारी अर्जुन बर्माले आफ्नो नाम पोलिएको र सार्वजनिक भइ फस्ने भन्दै अर्का सुन व्यापारी तथा काँग्रेस नेता देवी वर्मालाई गुहारे । देवी वर्मा र अर्का एक काँग्रेसी युवा नेता भई एसपी नवराज अधिकारीलाई भेटेको भनी चर्चा त गरियो । तर, एसपी अधिकारी कोभिड कन्ट्रयाक्ट ट्रेसिङमा परेर क्वारिन्टिनमा थिए । अहिले उनी होम आइसोलेसनमा छन् । भेट पछि ७ लाखमा कुरो टुंगियो र पुरानो बयान च्यातियो र नयाँ बयानमा सुन मालिकको नाम हटाएर पक्राउ गुप्तालाई नै मालिक बनाइएको चर्चा चले पनि नाम लिइएका मुख्य व्यक्ति एसपी अधिकारी नै त्यसबेला कोरोनाले थलिएका थिए । प्रहरीलाई पहिला बर्मालाई प्रतिवादी बनाउन केही व्यक्तिले दबाब दिए । प्रतिवादी बनाउने आधार प्रहरीले पाएन । त्यसपछि ती व्यक्तिहरु ७ लाखमा कुरो मिलाएको भन्दै हिँड्ने गरेका छन् । अर्जुन वर्माको सुनको वास्तविक कारोबार नभए पनि वार्षिक रुपमा १ अर्ब भन्दा बढिको आम्दानी छ । तौलिहवामा घर बिक्री हुनै हुँदैन उनैले किन्छन् । देशका ठूला शहर मात्र होइन भारतको गोरखपुर र लखनऊमा समेत उनको घर जग्गा छन् । सेटिङ मिलाउने बर्मा जिल्लाकै ठूलो विचौलिया मानिन्छन् । प्रहरीसँग नजिक बन्नकै लागि उनी सामुदायिक प्रहरी सेवा केन्द्रमा समेत लामो समय देखि आबद्ध रहदै आएका छन् । सुनका मुद्धा अनुसन्धान प्रहरीले गर्नुपर्ने स्थानीय व्यापारीको चाहना थियो । तर, मुलुकी संहिताको कार्यविधिले भन्सार, राजस्व र वनलाई पठाउनुपर्ने मुद्दा किटान गरेको छ । यो कुरा बुझेका प्रदेश प्रहरी प्रमुख रविन्द्र धानुकलाई समेत जानकारी भएको तर त्यहाबाट समेत कुनै चासो दिइएको स्रोतको भनाई छ ।

 

टिप्पणीहरू