सेनाको भेला अर्को साता

नेपाली सेनाले भदौ तेस्रो साताको लागि तय गरेको पृतनापति सम्मेलन कोरोना संक्रमणको कारण स्थगित भएकोमा हिजोदेखि रक्षा मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री केपी ओलीले ब्रिफिङ्ग लिनेगरी अब कात्तिक २, ३ र ४ गते हुने भएको छ । तर,यसपटकको भेला सशरीर उपस्थित नभई ‘भर्चुअल’ हुने छ ।

स्रोतका अनुसार काठमाडौंमा सेनापति र वरिष्ठ अधिकारीहरू जंगी अड्डाको ठूलो हलमा सामाजिक दूरी कायम राखेर बस्नेछन् । तर उपत्यका बाहिरका पृतनापतिहरू भने यथास्थानबाट जुममा उपस्थित भई सहभागी हुने बताइएको छ ।

टिप्पणीहरू