नयाँ मन्त्री थपिए, केहीको जिम्मेवारी हेरफेर « janaaasthanews
६ कार्तिक २०७७, बिहीबार

नयाँ मन्त्री थपिए, केहीको जिम्मेवारी हेरफेर



प्रधानमन्त्री केपी ओलीले आज रिक्त केही मन्त्रालयमा पूर्व एमाले कोटाबाट मन्त्री थप्नुभएको छ । रक्षा आफैले राखेर इश्वर पोख्रेललाई प्रधानमन्त्री कार्यालयमा लगी अर्थको जिम्मेवारी पार्टी महासचिव बिष्णु पौडेललाई दिइएको छ भने सन्चारमा महिला,बालबालिका मन्त्री पार्वत गुरुङलाई सारेर त्यो ठाउँमा सिराहाका लीलानाथ श्रेष्ठलाई लगिएको छ । श्रेष्ठले ०७० को चुनावमा प्रचण्डसँग करिब ६०० भोटले हार्नुपरेको थियो ।

उपेन्द्र यादवको पार्टीले सरकार छाडेपछि खाली रहँदै आएको शहरी बिकास मन्त्रालय काठमाडौँका पुराना नेता कृष्णगोपाल श्रेष्ठले पाउनुभएको छ । अन्य मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी भने यथावत छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

उता गैंडा भकाभक, यता तस्कर भटाभट
त्यहाँ एउटा खतरनाक मान्छे छ
सस्ता गफ नगरौँ न सरकार !
‘महामारीको उपचार निशुल्क होइन’