सि भ्रमणको चित्रमय झाँकी सार्वजनिक

सि भ्रमणको चित्रमय झाँकी सार्वजनिक

२३ बर्षको अन्तरालमा चिनियाँ राष्ट्रपति सि चिनफिङ्गको नेपाल भ्रमण एक वर्ष पुरा भएको अवसर पारेर नेपाल–चाइना मिडिया फोरमले प्रकाशित गरेको पुस्तक ‘President Xi”s Nepal Visit:A Pictorial Guide) को आज साँझ पूर्व प्रधानमन्त्री माधवकुमार नेपालबाट लोकार्पण गरिएको छ । समारोहमा पूर्वप्रधानमन्त्री नेपालले भने–‘उक्त भ्रमणबाट कागजीरुपमा त लाभ लियौं तर व्यवहारिकरुपमा कति लाभ लिनसक्यौँ ? बेल्ट एण्ड रोड इनिसियटिभबाट कति फाइदा लिन सक्यौं ? यसको समीक्षा गर्दै भएका सहमति कार्यन्वयनमा जोड दिनुपर्छ ।’ उनले भने–‘पुरानो सिल्क रोडले जसरी एसिया र युरोपलाई जोडेको थियो,त्यसरी नै सारा विश्वलाई जोड्ने पहल चिनियाँ नेतृत्वले बिआरआईमार्फत गरेको छ ।’

टिप्पणीहरू