अर्का मन्त्री पनि कोरोना पीडित

अर्का मन्त्री पनि कोरोना पीडित

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई पनि कोरोना संक्रमण भएको छ । हिजो राती गरिएको पीसीआर परीक्षणको रिपोर्टमा पोखरेललाई संक्रमण पुष्टि भएको हो । शनिबार हल्का ज्वरो देखिएपछि पोखरेल साँझ पाटन अस्पतालमा भर्ना भएका थिए ।

नेपालमा कोरोना संक्रमण हुनेमा पोखरेल दोस्रो बहालवाला मन्त्री बनेका छन् । यसअघि हिजो पर्यटन मन्त्री योगेश भट्टराईलाई संक्रमण पुष्टि भएको थियो ।

टिप्पणीहरू