न आफू जान्ने, न भनेको मान्ने « janaaasthanews
१३ कार्तिक २०७७, बिहीबार

न आफू जान्ने, न भनेको मान्ने



‘एकपटक मित्रहरूले मलाई वेश्यालयको गल्लीमा लगे । मैले पैसा दिनु पर्दैनथ्यो । हिसाब भइसकेको थियो । मलाई त दिल बहलाउनु मात्र थियो । म घरमा त घुसें तर जसलाई ईश्वरले बचाउन चाहन्छ, त्यसलाई ऊ गिरेर पनि पवित्र राख्दछ । त्यो कोठरीमा एकदमै अन्धो भएँ । बोल्ने होस भएन । लाज लागेर महिलाको खटियामा बसें । तर, मुखबाट बोली नै निस्केन । त्यसले रिसाउँदै मलाई दुईचार नराम्रो कुरा सुनाई र बाहिर जाने बाटो देखाइदिई । त्यसबेला त मलाई लाग्यो मेरो पुरुषत्वमाथि प्रश्नचिह्न लाग्यो । मैले चाहे पृथ्वीमाताले स्थान दिएमा पृथ्वीमाताको गर्भमा पुगुँ तर यसरी सहीसलामत बाँच्न पाएकोमा भगवान्लाई आभार प्रकट गरें ।’

शान्तिका अग्रदूत महात्मा गान्धीको यो भोगाइबाट के तथ्य प्रमाणित हुन्छ भने मान्छे गल्ती गरेर होइन, गल्ती छोपछाप गर्न बोलिएका भूmटको पुलिन्दाबाट पाखण्डी बन्न पुग्छ । सरकारी जागिर खाँदै एकाध वर्षभित्र भारतीय राजनीतिको केन्द्रमा पुगेका केजरीवालले रिक्साचालकको हातबाट थप्पड खाए । तर त्यसैदिन गुलाफको फूल लिएर ती रिक्साचालकको घर पुगे । मुद्दा फिर्ता लिएर उसलाई अभयदान दिए । रिक्साचालकले पाउ परेर पश्चातापको आँसु बर्सायो । सुशील कोइराला, झलनाथ खनाल र पुष्पकमल दाहाललाई गालामा सेक्ने प्रवेश बस्नेत, देवीप्रसाद रेग्मी र पदम कुँवरले कति पछुतो माने होलान् ? न त भाडाको गाडीको ९२ लाख नगद र बहुमूल्य गरगहना भेटेर बुझाइदिएको ढोंग रची सारा संसारलाई थाङ्नामा सुताएर राष्ट्रपतिबाट आर्शिर्वाद लिन भ्याएकी अनुजा बानियाँलाई त्यो कर्मप्रति कुनै खेद् होस् । बरु उनले ‘नेपाली पत्रकारिताको पाइन जाँचेको’ भनेर पित्तल र सुन खुट्याउन नसक्ने भनेर वौद्धिक जगतलाई चुनौती दिइन् । अनुजाको त्यो चड्कनपछि पनि चौथो अंगको चेत अझै खुलेको छैन ।

यस्ता सनकी कर्म ठूलाले पनि गर्छन् । एउटा पुरानो चिहानको वरिपरि पर्खाल लगाउन चन्दा संकलन गरिँदै थियो । मार्क ट्वेनले दिन इन्कार गरे । चिहान सुरक्षा कमिटीले किन भनेर प्रश्न गर्‍यो । उनको तर्क थियो– ‘चिहानभित्र जो छन्, तिनीहरूको बाहिर आउने क्षमता छैन । जो चिहान बाहिर छन्, तिनीहरूको भित्र पस्ने इच्छै छैन । अनि चिहानलाई किन सुरक्षित पार्नुपर्‍यो ?’

भनिन्छ– यदि शंकालु दृष्टिले हेरियो भने जन्म दिने आफ्नै बाबुको अनुहार पनि ढेडू जस्तो देखिन्छ रे ! गल्तीबाट सिक्दै अनि सिकाउँदै जानु नै कर्तव्य हो । लगाएको लुगालाई न्यानो कपडा भनेर स्वीकारियो भने त्यो निश्चय नै कपडा हो । यदि त्यसको केस्रा केलाउन थालियो भने धागोको रेसामा पुगेर अन्त्य हुन्छ । एउटा रेसम किरोले त मृत्युपछि पनि मान्छेको आङ छोपेर अमर हुने काम गर्छ भने विवेकशील मानिसले लोभ त्यागेर सुकर्म गर्नु उसको परम् दायित्व हो ।

सुशील कोइराला, झलनाथ खनाल र पुष्पकमल दाहाललाई गालामा सेक्ने प्रवेश बस्नेत, देवीप्रसाद रेग्मी र पदम कुँवरले कति पछुतो माने होलान् ? 

सफल र असल नेता ढलौटको मूर्तिजस्तै हुन् । जबसम्म मूर्तिले आकार प्रकार लिंदैन तबसम्म शिल्पीले उसलाई ठटाउनु ठटाउँछ । जब धातुले भगवानको आकार लिन्छ, उही लम्पसार परेर नमन गर्छ । महात्मा गान्धी, नेल्सन मण्डेला यही कोटीका नेता हुन् । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले पछिल्लो कार्यकाल आमाले पढ्ने गरेको बाइबल छोएर मानव जगत र आफ्नो जन्मभूमिको हितमा काम गर्ने कसम खाएका थिए । अझ एकथरि भन्छन्– ईण्डोनेशियामा बसेका ओबामामाथि हिन्दु धर्मको पनि गहिरो प्रभाव छ । उनी हनुमानसंग अनुग्रहित छन् । कतिपय अवस्थामा शक्तिको कामना गर्दै हनुमानको लकेट आफ्नो साथमा राख्छन् । वैज्ञानिकसमेत रहेका भारतीय दिवंगत राष्ट्रपति अब्दुल कलाम कुरान पढेपछि नित्य रामधूनमा रमाउँथे । यसअघि नै अमेरिकामा गरिएको एक सर्वेक्षणले १० जनामध्ये ८ जनाले ईश्वरीय सत्तालाई स्वीकारेको देखाएको थियो । विश्वको हरेक राजनीतिका मूल्य मान्यताहरू धर्मको धरातलमा बाँचेका हुन्छन् । तर चलनचल्तीमा रहेको ‘ईश्वर’ शब्दमाथि अविश्वास गरी जनताका नाममा कसम खाएका हाम्रा कमरेडहरू न ईश्वरको अनुकम्पामा अड्न सके, न जनताको भरोसामा बाँधिन सके । विज्ञानको न्यूट्रोन, प्रोटोन र इलेक्ट्रोनमा विश्वास गर्ने कमरेडहरूलाई के थाहा भौतिक शास्त्रले ईश्वरीय सत्ताको निर्माणकर्ता, पालनकर्ता र संहारकर्ताबीच तादात्म्य खोजिसकेको छ । संस्कार संस्कृति र परम्पराको खानी मानिने पूर्वी सभ्यताबाट पश्चिमाहरू लाचार छन् । भनिन्छ– नासाले गर्ने वैज्ञानिक आविष्कारहरू बेदबाट निर्देशित छन् । वेदलाई कहिल्यै पुरानो नहुने विज्ञान मानिन्छ । नेपालमा संस्कृतका पाठशाला खरानी बनाउनेहरूलाई थाहा छ छैन, जर्ज ह्यारिसन र म्याडोनाजस्ता विश्वप्रसिद्ध कलाकारहरू संस्कृत भाषा सिक्दै छन् । युरोप अमेरिकाको संसद्मा त्यहाँका विधायकहरूलाई वेद, गीता र महाभारतका अंग्रेजीमा उल्था गरिएका ठेली थमाइन्छ । दर्जनौं गेरुवस्त्र लगाएका गोराहरू हातमा भागवत बोकेर बिक्री गर्न हिँडेको दृश्य काठमाडांैका गल्ली गल्लीमा देखिन्छ । अझ ‘अग्निहोत्री विश्वविद्यालय’ अमेरिकाको ड्रिम प्रोजेक्टभित्र पर्छ । एउटा समय थियो– भारत वर्षलाई पश्चिमाहरूले समृद्ध देश भन्थे । यहाँ जे चाह्यो, त्यही पाइन्छ । हो, त्यही पाउनका लागि कोलम्बस जहाज चढेर यता आएका थिए । दुर्भाग्यवश जहाजको कम्पास बिग्रिएपछि वर्तमानको अमेरिकातर्पm घचेटिए । ईश्वर भनेको अनुशासनको अर्को नाम हो । अनुशासनविना संसारमा सभ्य समाजको कल्पना गर्न सकिन्न । जनता भनेको माध्यम मात्र हो । प्रधानमन्त्री पाइने लोभमा बाउआमाको किरिया नगरेर, सहमतिको दौडमा आमाको किरिया छोट्याएर, बाउआमा बाँचुञ्जेल नातो टुटाउने, पार्थिव भएपछि राता टालाको मुनि उभिएर मुट्ठी कस्दैमा क्रान्तिकारी होइँदैन । आफ्नो संस्कृति संरक्षण गर्न सक्नुहुन्न भने तपाईंहरूलाई अरुको विषयमा बोल्ने अधिकार छैन । कुखुराको भाले नबासे पनि विहान भएजस्तै तपाईंहरूको भाषणविना पनि जनताको दैनिक अध्याय रोकिँदैन । हेक्का राख्नुस् कार्यकर्तालाई घाँटीघाँटीसम्म उत्तरकोरिया पढाएर दक्षिणकोरिया र अमेरिकाको भीसाका लागि सडकमा सुताउनु क्रान्ति नभएर भ्रान्ति हो ।

जर्ज ह्यारिसन र म्याडोनाजस्ता विश्वप्रसिद्ध कलाकारहरू संस्कृत भाषा सिक्दै छन् । युरोप अमेरिकाको संसद्मा त्यहाँका विधायकहरूलाई वेद, गीता र महाभारतका अंग्रेजीमा उल्था गरिएका ठेली थमाइन्छ ।

विशुद्ध क्रान्ति भनेको फगतः आत्मशुद्धि हो । तपाईंहरूले राजनीतिमा पढेका लाखौं कोरा शब्दले भन्दा ठूलो सामथ्र्य यो धर्तीमा एउटा ‘ऊँ’ शब्दले राख्छ । नेपालमा छोरीको संख्या किन बढ्यो ? उत्तर हाजिर छ– तीनवटा छोरी जन्माउँदा पनि छोरो चाहिने विडम्बनाबाट प्रचण्डजस्ता ठूला नेता पनि मुक्त हुन सक्नुभएन ।
बीपी कोइरालाले जीवनभर कहिल्यै पशुपतिनाथको आँगनमा गएर भाकल गरेनन् । देउतासंग केही मागेनन् । उनी भन्थे– ‘भगवान्ले मलाई भन्दा पहिला उनकै छत्रछायाँमा रहेका माग्ने, दीनदुखीको पुकारा सुन्नुपर्छ । उनीहरूको कल्याण गर्नुपर्छ ।’ तर तिनै बीपीले आफ्नो स्वस्थ शरीरको कामना गरेर विगुत लिई जानेको श्रद्धालाई कहिल्यै अपमान गरेनन् । भगवानको आस्थामा लीन हुनेले आफूमाथि गरेको निश्छल स्नेहलाई ईश्वरीय अनुकम्पा ठाने । यद्यपि बीपी यस्ता हस्ती थिए, जसले महानग्रन्थ गीतामाथि समालोचना गर्ने दुस्साहसी काम पनि गरेका थिए । यही गुणले उनी नेपाली राजनीतिमा अमर भए । आज भारतपछि जर्मनीमा किन धेरै संस्कृत विश्वविद्यालय खुल्दैछन् ? भगवानका नाममा चढाएको एकमुट्ठी अन्न र दुईचार पैसामा राजनीति गर्न पल्केका हाम्रा नेताहरूलाई यस्ता सत्यबारे कति जानकारी छ ? प्रधानमन्त्री कि पशुपतिको मूलभट्ट ? आफ्नो भाषा, संस्कृतिमाथि अपनत्व प्रकट गर्नु भनेको खोटो मोहोर बोकेर सपनामा बाँच्नु होइन । नेपाली भाषामा पोख्त जनशक्तिले आफ्नै भूमिमा एक छाक भात सुरक्षित गर्न नसकेको जान्दाजान्दै एक्काइसौं शताब्दीमा धर्म, जात र संस्कृतिको गुठी खोल्दै हिँड्नु भनेको अर्को अपराध हो । एउटा नौ डिजिटको मोबाइल त हरियो थिचे उठ्छ र रातो थिचे काटिन्छ बाहेकको ज्ञान नभएकाहरूले सनातनी समाजका अवयवहरूमाथि धावा बोल्नु भनेको आपैंmमाथि तातो भुतभुते खन्याउनु हो । सक्छौ अब आर्थिक युद्ध गर । सक्दैनौ, सपार्ने कोशिस गर तर भएको नबिगार । जनयुद्धका धमास अब नदिए हुन्छ । लाटकोसेरोले दिउँसो आँखा नदेख्नुमा जसरी सूर्यको दोष हुँदैन, त्यसरी नै तपाईंहरूको अकर्मण्यताको भागी स्वयं तपाईंहरू नै हो । जनताको हितमा गरिने राजनीतिमा बुद्धि, विवेक, साहस र धैर्यको आवश्यकता पर्छ । जतिसुकै उपाय लाएपनि पानी नभएको ठाउँमा डुंगा चल्न सम्भव छैन ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

संघीयतालाई पंगु बनाउन खोजिएकै हो त ?
दसैंको ऐतिहासिकता
कन्ट्रयाक्ट ट्रेसिङमा डरलाग्दो ‘खेलाँची’
कसले दिने यसको जवाफ भन न कमरेड !