दुई दिनमा तीनजना अधिवक्ताको निधन

दुई दिनमा तीनजना अधिवक्ताको निधन

कोरोना महामारीले उग्र रूप लिँदै गर्दा पछिल्लो तीन दिनमा दुईजना अधिवक्ताको अल्पायुमै दुःखद निधन भएको छ । नेपाल बार एसोसिएसन,ललितपुरका पूर्व अध्यक्ष तथा अधिवक्ता दीपककुमार बिष्ट र उच्च अदालत बार एसोसिएसन,बिराटनगरको कार्य समितिका पूर्व अध्यक्ष तथा अधिवक्ता रामबहादुर निरौलाको कोरोना संक्रमणबाट ज्यान गएको हो ।

अवस्था नाजुक हुँदै गएपछि बिष्टलाई केहि दिनदेखि ललितपुरस्थित मेडिसिटीको भेण्टिलेटरमा राखिएको थियो । मुटुमा समस्या देखिएपछि केही समय पहिले उनको मुटुमा स्टेन हालिएको थियो ।

पाटन उच्च अदालत बार एसोसिएसन कार्यसमितिका पूर्व सदस्य तथा अधिवक्ता श्रीराज कोइरालाको भने मृगौलामा पलाएको ट्युमरको उपचारको क्रममा हिजो पाटन अस्पतालमा निधन भएको हो । धादिङ्, नौबिसेका कोइराला पूर्व एमालेनिकट कानुन व्यवसायीको तर्फबाट बारमा निर्वाचित भएका थिए । उनी बार एसोसिएसन हेर्ने तत्कालीन एमालेको पार्टी कमिटीमा समेत सक्रिय थिए ।

हिजोसम्म मुलुकभर छ सय जनाले कोरोनाको कारण ज्यान गुमाइसकेको पनि स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो जानकारीमा उल्लेख छ ।

टिप्पणीहरू