यसपालिको दशैँ, तिहार र छठ खल्लो हुने : नेपालले चीन र जापानलाई उछिन्यो

यसपालिको दशैँ, तिहार र छठ खल्लो हुने  : नेपालले चीन र जापानलाई उछिन्यो

गत वर्षको डिसेम्बरमा चीनको वुहान शहरमा पहिलोचोटी देखिएको कोरोना भाइरसले लिएको महामारीले विश्व नै आक्रान्त बनेको छ । नेपालमा भने त्यसको करिब एक सय दिनपछि मात्र फाट्टफुट्ट देखिएको सङ्क्रमितको सङ्ख्या पनि यतिखेर थामिनसक्नु छ ।

सङ्क्रमण फैलनबाट रोक्न उच्च सतर्कता अपनाइएको प्रधानमन्त्रीको सरकारी आवास बालुवाटारमा समेत झण्डै पौने सयको हाराहारीमा सल्लाहकार,कर्मचारी र सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

उता, सर्वोच्च अदालतमा एकजना न्यायाधीशलाई सङ्क्रमण पुष्टि भएपछि १९ मध्ये १८ जना न्यायाधीश होम क्वारेण्टिनमा बसेका छन् । केन्द्रीय बैंकदेखि अन्य महत्वपूर्ण निकायमा समेत सयौंको सङ्ख्यामा पदाधिकारी, कर्मचारी र सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण भइसकेको छ ।

केहि दिनदेखि मुलुकमा दुई हजारभन्दा बढीको सङ्ख्यामा सङ्क्रमित थपिन थालेका छन् भने मृतकको सङ्ख्या हरेक दिन दुई अङ्कमा देखिन थालेको छ । पछिल्लो सातादेखि मुलुकमा थपिएका नयाँ सङ्क्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै झण्डै दुई तिहाई भएकाले अहिले सिङ्गो काठमाडौं उपत्यका महामारीको नयाँ केन्द्र बनेको छ । निषेधाज्ञा खुल्ला गरेसँगै र नजिकिएको चाडबाडका कारण देशैभर सङ्क्रमण फैलने त्रास पनि ह्वात्तै बढेको छ ।

झण्डै डेढ अर्ब जनसङ्ख्या रहेको छिमेकी राष्ट्र चीनले सङ्क्रमणलाई बेलैमा काबुमा लिन सकेकाले अहिले चीनले सहज ढङ्गले आफ्ना गतिविधि सञ्चालनमा ल्याइरहेको छ । तर, यतिखेर दक्षिणतर्फको छिमेकी भारत भने अमेरिकापछि दोस्रो धेरै सङ्क्रमित र मृतक सङ्ख्या भएको मुलुकमा दर्ज भएको छ । भारतमा अस्तिसम्म मृतकको सङ्ख्या एक लाख नाघिसकेको छ ।

चीन ८५ हजार ४ सय ५० सङ्क्रमितसँगै ४ नं. मा छ भने जापान ८ हजार  सय  सहित ४ नं. मा र नेपाल ८ हजार  सय  सङ्क्रमितसँगै ४४ नं. मा रहेको छ ।

आइतबार अपरान्हसम्मको तथ्याङ्क केलाउँदा कोरोना सङ्क्रमितको सङ्ख्याको आधारमा नेपाल चीन र जापानसँगैको लाइनमा आइपुगेको छ । चीन ८५ हजार ४ सय ५० सङ्क्रमितसँगै ४५ नं. मा छ भने जापान ८५ हजार ३ सय ३९ सहित ४६ नं. मा र नेपाल ८६ हजार ८ सय २३ सङ्क्रमितसँगै ४४ नं. मा रहेको छ ।

यसमध्ये चीनमा १ सय ९५ जना सक्रिय सङ्क्रमित छन् भने जापानमा ५ हजार ४ सय २७ जना र नेपालमा २२ हजार २ सय १९ जना पीडित छन् । हिजोसम्म नेपालमा ५ सय ३५ जनाको निधन भएको छ । जापानमा कोरोनाबाट निधन हुनेको सङ्ख्या १ हजार ५ सय ९७ र चीनमा ४ हजार ६ सय ३४ पुगेको छ ।

पीसीआर परीक्षणको हिसाबले नेपालमा प्रति १० लाख जनसङ्ख्यामा ३६ हजार ७ सय ९ जनाको, चीनमा १ लाख ११ हजार १ सय ६३ जनाको र जापानमा १७ हजार १ सय ४१ जनाको पीसीआर परीक्षण गरेको देखिन्छ ।

यता, दक्षिण एसियाली राष्ट्रहरूसँगको तुलनामा नेपालमा मृत्यूदर भारत, बङ्गलादेश, पाकिस्तान र अफगानिस्तानको भन्दा कम देखिन्छ । तर, भुटानमा अहिलेसम्म कसैको पनि मृत्यू भएको छैन भने श्रीलङ्का र माल्दिभ्समा पनि मृत्यूदर नेपालको भन्दा न्यून छ ।

सबैभन्दा धेरै निको हुने दर श्रीलङ्कामा ९५.६ र पाकिस्तानमा ९५.१ प्रतिशत देखिएको छ तर नेपालमा सङ्क्रमित निको हुने दर सबैभन्दा थोरै अर्थात् ७४.२ प्रतिशत हुन आएको छ । त्यसैगरी सक्रिय सङ्क्रमित धेरै हुने दक्षिण एशियाली मुलुकहरूमध्ये नेपाल पहिलो देखिन्छ ।

टिप्पणीहरू