यस्ता कर्साब पाएपछि… « janaaasthanews
१३ कार्तिक २०७७, बिहीबार

यस्ता कर्साब पाएपछि…



२७ ब्रिगेड सिरहाका प्रमुख सेनानी जनमत कार्कीले बाहिनीपति पंकज कार्कीलाई डुबाएका छन् । पहिलाको बाहिनीपति बलराम श्रेष्ठलाई पनि आर्थिक हिनामिनामा यिनैले डामेका थिए ।

बाहिनीपतिलाई पनि जनमत र सुवेदार सुरेश राउत भए पुग्छ । सहायक बाहिनीपति र अन्य अधिकृतलाई पूरै बेवास्ता गर्छन् । सुवेदार मेजरलाई काम नदिएर सुवेदार राउतलाई किन दिए बाहिनीपति नै जानुन् । जनमत कर्साबले पहिला पनि स्टाफ कलेज टक्सन गाडी उपहार दिएरै भ्याए । सबै जर्साबलाई कुनै न कुनै रुपमा हात लिन खप्पिस कर्साबले सिरहाको गोलबजारस्थित एउटा खेलाडीको घरमा बाहिनीपतिलाई दुई महिला सैनिकसहित बेलाबेलामा पु¥याएर मस्ती मारेको ब्यारेकभरि जवानहरु कानेखुसी गर्छन् ।

जर्साब कार्की महिलाप्रति अलि बढी नै आशक्त छन् । शान्ति सेनामा कंगो जाँदा लामिछाने थरकी क्याप्टेनसँगको सुमधुर सम्बन्धबारे धेरैले चर्चा गर्छन् । कर्साबले जर्साबलाई राम्रै त गरेका होलान् नि ! अब त जनमत कर्साब पोखरा जाँदै छन् रे ! त्यहाँ पनि जर्साबको उद्धार नै गर्लान् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

किस्सा नेपाल-भारत सम्बन्धको
गृहमन्त्री सिँहदरवारमा, गृह मन्त्रालय बालुवाटारमा ?
मन्त्री अझै ओछ्यानमा
प्रदेशलाई आदेश दिँदै प्रधानमन्त्री