प्रधानमन्त्रीका सल्लाहकारसहित स्वकीय सचिवलाई कोरोना « janaaasthanews
१३ कार्तिक २०७७, बिहीबार

प्रधानमन्त्रीका सल्लाहकारसहित स्वकीय सचिवलाई कोरोना



प्रधानमन्त्री केपी शर्मा ओलीका तीनजना सल्लाहकारलाई कोरोना लागेको छ । हिजो गरिएको पिसिआर परीक्षणमा तीनैजनामा संक्रमण देखिएको हो । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा र परराष्ट्र सल्लाहकार राजन भट्टराईलाई कोरोना पोजिटिभ भएको हो ।

यस्तै प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना लागेको छ ।  आज सामाजिक सञ्जालमार्फत् आफूलाई संक्रमण भएको जानकारी दिँदै विष्णु रिमाल र सूर्य थापाले पछिल्लो पटक सम्पर्कमा रहेका सबैलाई सावधानी अपनाउन अनुरोध गरेका छन् । साथै, प्रधानमन्त्रीका अफिसियल फोटोग्राफर राजन काफ्ले र प्रेस संयोजक रामशरण बजगाई पनि होम क्वारिन्टिनमा बसेका छन् । काफ्लेले आफूमा पिसिआर पोजिटिभ आएको र बजगाईले सहकर्मीहरु संक्रमित भएको कारण क्वारिन्टिनमा बस्नु परेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

गृहमन्त्री सिँहदरवारमा, गृह मन्त्रालय बालुवाटारमा ?
मन्त्री अझै ओछ्यानमा
प्रदेशलाई आदेश दिँदै प्रधानमन्त्री
कोरोनाले झन झन पेल्दै