सेनामा सास्तीका श्रृंखला

सेनामा सास्तीका श्रृंखला

सेनामा ठूलाहरूको नाम र प्रभाव भजाएर मातहतकालाई मुर्गा बनाउने र आफ्ना चाहना पूरा गर्ने अनेक काइदा छन् । सैनिक परिवार निवास बिजेश्वरीमा प्राविधिक अमल्दारहरू दीपेश केसी, भीमसेन थापा र प्राविधिक जमदार कमल प्रधानले ४ सयभन्दा बढी परिवारलाई वर्षौैंदेखि सताइरहेका छन् । परिवारलाई साथमै राखी दिनभर कार्यक्षेत्रमा खटिँदा सैनिक पोशाकधारीबाटै दुव्र्यवहार हुन थाल्यो भने अवस्था कस्तो बन्ला ? चिन्ता घट्ला कि थपिएला ?

सरकारी निवासमा राखिएका आफ्ना तरुनी श्रीमतीमाथि त्यहीँ अरूले जिस्क्याउने, फकाउने वा अनैतिक सम्बन्धका लागि उक्साइरहने ग¥यो भने त्यस घर वा परिवारको अवस्था कस्तो बन्दै जाला ? सम्मानित मानिएको सेनाजस्तो संस्थाले सञ्चालन गरेको सैनिक परिवार निवासमा माथि उल्लेख गरिएका अमल्दार र जमदारहरूबाट यस्ता उक्साहटपूर्ण दुव्र्यवहार र यौनिक दृष्टिबाट अनेक छेडखानी कुनै न कुनै सैनिक परिवारले दिनहुँ भोग्दै आएका छन् ।

सामान्यतः सैनिक परिवार निवासमा एक सैनिक २ वर्ष र निकै गाह्रो अवस्था भएमा अरू एक वर्षसम्म बस्न पाउने चलन छ । तर, भीमसेन र कमल ८ वर्षदेखि र दीपेश ४ वर्षदेखि बसिरहेका छन् । कमल सहायक रथी दाँतका डाक्टर गोपाल महर्जनको शक्तिमा र भीमसेन तथा दीपेश माथिकालाई चाहिने आर्थिक तथा अन्य मोजमस्तीका साधन जुटाइदिएर वर्षौंदेखि एकैठाउँमा मस्ती मार्दै आएका हुन् । त्यहाँ बस्नेले नियमित मासिक भाडा र बत्ती, पानीको रकम बुझाउनुपर्छ । तर भीमसेन, कमल र दीपेशहरूले पानी, विद्युत् आदि हेर्ने नाममा भाडा तिर्दैनन् ।

उनीहरूले पानी तथा विद्युत्का नाममा, धारा तथा अन्य भौतिक सामग्री मर्मत, फेरेको नाममा नियमित रकम उठाउने गर्छन् । विद्युत्को प्रतियुनिट रु. १५ उठाउँदै आएका छन् । ४ हजार परिवारबाट उनीहरूले खपत गरेका बिजुलीका नाममा विद्युत् प्राधिकरणको दरभन्दा प्रतियुनिट ९ रुपैयाँभन्दा बढी उठाउने गरेको बताइएको छ । यता, विद्युत् प्राधिकरणले भने न्यून आम्दानी भएका नेपालीलाई थप सुविधा दिई न्यूनतम शुल्क लिने बताइरहेको छ ।

यो सैनिक परिवार निवासको व्यवस्थापन सैनिक कल्याणकारी कोषले गर्छ । आर्थिक रूपले चरम शोषण गर्ने र पारिवारिक सम्बन्धमा समेत धावा बोल्न तम्सने भीमसेन, दीपेश र कमलका गलत क्रियाकलापले न्यून वेतनमा जीवन गुजारा गर्न बाध्य तल्ला तहका सैनिकलाई सैनिक निवास ‘नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाबुको अनुहार’ बनेको छ ।

– पीडितहरु

टिप्पणीहरू