कान्छी बटुल्दा क्या बात !

कान्छी बटुल्दा क्या बात !

समाज बदल्ने प्रण गरेर अघि बढेका कम्युनिष्ट नेता तथा कार्यकर्ता मस्तीतिर लाग्दै छन्, पुरस्कृत हुँदै छन् । अचेल कम्युनिष्ट हुनको लागि योग्यता र क्षमताको परिभाषा नै फरक हुन थालेको छ । पार्टीमा एकातिरको जिम्मेवारी, अर्कोतिरको उठबसले केलाई भन्दा देख्नेलाई लाज हुन थालेको छ ।

हालै नेकपा सुर्खेत प्रदेशअन्तर्गत निर्वाचन क्षेत्र नं.२ मा इञ्चार्जको जिम्मेवारी पाएका कमल शाही अर्की कमरेडसँग ललितपुरको हात्तिबनस्थित एउटा फ्ल्याटमा दुई वर्षदेखि लिभिङ टुगेदरमा रमाउँदै आएको बताइन्छ । सिन्धुलीकी कमरेड गंगा दाहाल र शाही दुबै पूर्वविवाहित हुन् । दाहालका श्रीमान् विप्लव माओवादीको क्षेत्रीय सदस्य हुन् । उनीहरूबीच पारपाचुके भइसकेको छैन । तर, लामो समयदेखि सम्बन्ध तिक्ततापूर्ण रहँदै आएको छ ।

गंगाले सम्बन्धविच्छेद गर्न खोजेकी श्रीमान् अर्जुन राउतलाई केही दिनअघि प्रहरीले पोखराबाट समातेको छ । यसअघि अर्जुनले गंगाको नाममा खरिद गरेको एउटा जग्गा फिर्ता नगरेको कारण सम्बन्धविच्छेदको त्यान्द्रो अड्किरहेको बताइन्छ । कमल भने पूर्व माओवादी हुँदै नयाँ शक्तिको युवा अध्यक्षसमेत बनेका थिए । पछि एमालेमा प्रवेश गरे र एमाओवादीसँग एकता भएपछि इञ्चार्ज तोकिए ।

शाही धनकारी र दाहाल मनकारी भएपछि लिभिङ टुगेदरले मूर्तरूप लिएको समकालीनहरू बताउँछन् । शाहीसँग अद्भूत र विशेष खालको ‘क्षमता’ रहेको उनीहरू पनि स्वीकार्छन् । समकालीनहरूका अनुसार ‘कपडा पसलेले कपडा पट्याएझैँ शाहीले देखेपछि र मनले खाएपछि जो पनि पट्टिन्छन् ।’ गंगाले अर्जुनतिरकी छोरीलाई नजिकैको लिटिल एन्जेल्स स्कुलमा पढाउन सहज हुने भएकाले पनि त्यतै फ्ल्याट लिइएको हुनसक्ने बताइएको छ ।

टिप्पणीहरू