खतिवडा नभए पनि वैदेशिक सहयोग जारी

खतिवडा नभए पनि वैदेशिक सहयोग जारी

विश्व बैंक र एसियाली विकास बैंकले विभिन्न शीर्षकमा सहुलियत ऋण तथा अनुदान दिने भएका छन् । ग्रामीण उद्यम तथा आर्थिक विकाससम्बन्धी दुई वटा परियोजनाको लागि विश्व बैंकले ४२ अर्ब रूपैयाँको ऋण स्वीकृत गरिसकेको छ ।

त्यसैगरी एसियाली विकास बैंकले बाढी नियन्त्रण र व्यवस्थापनसम्बन्धी परियोजनाको लागि ५ अर्ब रूपैयाँ ऋण स्वीकृत गरेको छ । त्यसमध्ये ४ अर्ब ऋण हो भने १ अर्ब  अनुदान रहेको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

सरकारको स्वीकृतिमा मन्त्रालयले दुबै दातृ निकायसँग थप चारवटा परियोजनाको लागि आवश्यक छलफल पनि अघि बढाएको स्रोतको दाबी छ । छिट्टै टुङ्गोमा पुगिने ती सहयोग परियोजनामध्ये एउटा कृषि क्षेत्रको विकास र अर्को ग्रामीण उद्यम तथा आर्थिक विकाससँग सम्बन्धित छन् । त्यस्तै विद्युत प्रशारणअन्तर्गत ग्रिड स्तरोन्नति र विमानस्थल क्षमता अभिवृद्धिसम्बन्धी परियोजना पनि पाइप लाइनमा रहेको बताइएको छ ।

टिप्पणीहरू