माधवकोमा प्रकाश ज्वालाहरूले के भने ?

माधवकोमा प्रकाश ज्वालाहरूले के भने ?

‘बरु खतिवडाजीलाई राजदूत बनाएर अमेरिका पठाइदिऔं । राष्ट्रिय सभामा मनोनित गरेर पुनः अर्थमन्त्रीमा निरन्तरता दिने कामचाहिँ  नगरौं’ यो भनाई राष्ट्रिय सभामा वामदेव कि खतिवडा भन्ने विवाद  चुलिँदा एकजना उच्च नेताले व्यक्त गरेको धारणाको आडमा अन्ततः हिजो प्रधानमन्त्रीले युवराज खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिश गरेरै छाड्नुभएको बालुवाटारले दावी गर्न थालेको छ ।

यता, हिजै दिउँसो कोटेश्वरस्थित वरिष्ठ नेता माधव नेपालसङ्ग कर्णाली प्रदेशका नेकपा नेता प्रकाश ज्वालाहरूको एउटा टोलीले लामै भेटघाट गर्यो । प्रधानमन्त्रीले क्याबिनेट बैठकबाट एकाएक गराउनु भएको मुख्यसचिवलाई बेलायतको राजदूत र खतिवडालाई अमेरिकाको राजदूत सिफारिश तथा परराष्ट्र सचिवलाई मुख्य सचिवमा नियुक्तिको विषयले कोटेश्वरको भेटघाटमा पनि राम्रै चर्चा पाएको थियो ।

आगामी अढाई वर्षको लागि अरुहरूले नै सर्वशक्तिमान बनाइदिएपछि प्रधानमन्त्रीले अब कसलाई सोध्नुपर्छ ? म यो यो व्यक्तिलाई नियुक्ति गर्दैछु भनेर किन सोध्नुहुन्छ ?  आँटिलो प्रधानमन्त्रीले गर्ने नै यहि हो ।’

ज्वालाले क्याबिनेट बैठकको निर्णय थाहा पाउने बित्तिक्कै फ्याट्ट भन्नुभयो ‘प्रधानमन्त्रीले जे गर्नुभयो ठीक गर्नुभयो । म प्रधानमन्त्री भएको भए पनि यसै गर्थेँ । आँटिलो र हिम्मतिलो प्रधानमन्त्रीले गर्ने नै यहि हो ।’

मौन बसेका सबैलाई सुनाउँदै ती उहाँले थप्नुभयो ‘केही समयअघि प्रधानमन्त्री बिरूद्ध सचिवालय,स्थायी र केन्द्रीय समिति तयार रहेको र बहुमत संसद सदस्यले समेत हस्ताक्षर गरिसकेको अवस्थामा पनि कोभिड–१९ को महामारीमा प्रधानमन्त्रीले कुनैपनि पद छाड्न नपर्ने निर्णय गरेपछि हुने यस्तै हो ।’ ‘आगामी अढाई वर्षको लागि अरुहरूले नै सर्वशक्तिमान बनाइदिएपछि प्रधानमन्त्रीले अब कसलाई सोध्नुपर्छ ? म यो यो व्यक्तिलाई नियुक्ति गर्दैछु भनेर किन सोध्नुहुन्छ ?  आँटिलो प्रधानमन्त्रीले गर्ने नै यहि हो ।’

टिप्पणीहरू