अन्ततः सम्धी बने सञ्चालक

अन्ततः सम्धी  बने सञ्चालक

झण्डै एक महिनापछि राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका सदस्य डा. उपेन्द्रकुमार कोइरालाले अस्ति बुधबार शपथ ग्रहण गरेका छन् । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई गाल पर्ने गरी सम्धीलाई नियुक्त गरेपछि सर्वत्र बिरोध भएको थियो ।

तर, अहिले बिरोध अलि मत्थर भएपछि सञ्चालक समिति बैठकमा उपस्थित भएर कोइरालाले सदस्यको शपथ ग्रहण गरेका हुन् ।

राजा ज्ञानेन्द्रले पनि छोरा पारसलाई जनअसन्तोषबाट छल्न दशैंको माहौलमा युवराज घोषणा गरेका थिए ।

अध्यक्ष बनाउन लगिएका कोइरालालाई उपयुक्त समयमा त्यो मिशन पनि पूरा गरिने बैंक उच्च स्रोतले बताएको छ । सम्भवतः दशैंअघि वा पछि बिरोधी स्वर र समूह चाडबाडमा रमाउँदै लाखापाखा भएपछि अध्यक्ष बनाइने योजना छ ।

विगतमा राजा ज्ञानेन्द्रले पनि छोरा पारसलाई जनअसन्तोषबाट छल्न दशैंको माहौलमा युवराज घोषणा गरेका थिए । अहिले युवराजले सञ्चालक बनाएका कोइरालालाई पनि त्यसैगरी दशैंको छेकोमा अध्यक्ष बनाउने चालबाजीमा सबैजना सहमत भएको बताइन्छ ।

टिप्पणीहरू